जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सूर्योदयमा व्यवसायिक पुष्प खेती प्रविधि तालिम

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
सूर्योदयमा व्यवसायिक पुष्प खेती प्रविधि तालिम

अतित योङहाङ ,इलाम:

इलामको सूर्योदय नगरपालिकामा व्यवसायिक पुष्प खेती प्रविधि तालिम सुरु भएको छ । सूर्योदय नगरपालिका जिल्लाकै हरेक क्षेत्रमा अग्रणी नगरपालिका हो ।
कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र कोशी प्रदेश झुम्काले आयोजना गरेको तालिम ६ दिनको रहनेछ । तालिममा २८ जना सूर्योदय नगरपालिका र इलाम जिल्लाका विभिन्न पालिकाबाट सहभागी छन् । कृषि ज्ञान केन्द्र इलाम र फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) इलामले संयोजन तथा सहयोगमा हुने यो तालिमको आज उद्घाटन भएको छ । फिक्कलको अलैंची विकास केन्द्रमा यो तालिम सञ्चालन भईरहेको छ ।
तालिमलाई फ्यानका केन्द्रीय तालिम विभागका दिलिप वादे र फ्यान सहकारी संस्था काठमाडौंका विश्वमणी पोख्रेलले सहजिकरण गर्दैछन् । थेउरी र प्राक्टिल दुबै वेशमा हुने यो तालिममा अलैंची विकास केन्द्र वागवानी विकास अधिकृत अनुपा सुवेदी र तालिम संयोजक समेत रहेको झुम्काका प्रतिनिधि मनकुमार राईले समेत सहजिकरण गर्नेछन् ।
यो तालिम मागमा आधारित तालिम हो । तालिम केन्द्र झुम्काले मागमा आधारित तालिम अन्तर्गत मात्र यो आर्थिक वर्षमा ८ वटा विभिन्न विधाका तालिम आयोजना गरेको संयोजक राईले जानकारी दिए । यसभन्दा अघि मिनिटिलर, पावर टिलर मर्मत सम्बन्धि तालिम, बीउ उत्पादन सम्बन्धि अभिमूखिकरण तालिम, तरकारी तथा फलफुल उत्पादन तथा प्रशोधन सम्बन्धि तालिम आयोजना गरिएको राईले जानकारी दिए ।
फ्यान इलाम शाखाले समेत वर्षेनी तालिम तालिमहरु आयोजना गर्दै आइरहेको छ । गतवर्ष मात्र कृषि ज्ञान केन्द्र इलामसँगको सहकार्यमा फुल नर्सरी सम्बन्धि आधारभूत तालिम सम्पन्न गरेको थियो । त्यस्तै एन्जेलिया क्यामेलिया सम्बन्धि तालिम समेत नेदरल्याण्डकी प्रशिक्षकको सहजिकरणमा इलाम सदरमुकाममा तालिम आयोजना गरेको थियो ।
तालिममा नेपालमा पुष्प व्यवसायको अवस्था, सम्भावना, चूनौती, व्यवसायमा प्रविधिको प्रयोग, इलाम जिल्लामा पुष्प व्यवसायको अवस्था र बजारीकरण, पुष्प व्यवसायको प्रबद्र्धन विषयमा केन्द्रित रहेर प्रशिक्षण गरिने तालिम संयोजक राईले जानकारी गराए ।
तालिमलाईलाई एक समारोह बीच उद्घाटन गरिएको छ । फ्यानका जिल्ला अध्यक्ष हेमान तामाङको अध्यक्षतामा भएको भएको कार्यक्रमलाई प्रमुख अतिथि समेत रहेका फ्यानका केन्द्रीय अध्यक्ष राजेशभक्त श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिसँगै फ्यान प्रदेश संयोजक सिताराम लामिछाने, वागवानी विकास अधिकृत अनुपा सुवेदीले पुष्प व्यवसायको चर्चा गर्दै शुभकामना दिएका छन् । कार्यक्रममा फ्यान इलामका संस्थापक अध्यक्ष बुद्धमाया सोङमी र निवर्तमान अध्यक्ष सावित्रादेवी राई, वर्तमान कोषाध्यक्ष रिता लेप्चा लगायत कार्यमसमिति सदस्यहरुको समेत सहभागि रहेको छ ।
तालिममा सहभागीहरुलाई दैनिक भत्ता तथा टाढाबाट आएकाहरुलाई यातायातको व्यवस्था गरिएको छ । साथै टाढाका सहभागिलाई आवासको समेत व्यवस्था रहेको फ्यानका फ्यान इलामका उपाध्यक्ष रञ्जिता जिमीले जानकारी दिए । तालिम आगामी २९ गते सम्म सञ्चालन हुनेछ ।
पछिल्लो समय पर्यटकीय नगरको रुपमा मुलुकभर र अन्तराष्ट्रिय स्तरमा समेत प्रसिद्ध यो नगर विशेषगरी सूर्योवलोकनका लागि प्रसिद्ध छ । नगरभित्रको सुप्रसिद्ध श्रीअन्तु पर्यटकीय क्षेत्र र कन्याम चियाबारी यस नगरको प्रमुख पर्यटकीय क्षेत्र हो ।
खासगरी चियाले प्रसिद्ध यो नगर अलैंची, दूध, आलु, इस्कुस लगायतका नगदेबालीका लागि पनि चर्चित छ । आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक तथा पर्यटनको विकासलाई गुरु योजना निर्माण गरि तीब्र रुपमा अघि बढेको यो नगरको प्रमुख विशेषता कृषि र पर्यटन नै हो । देशको एक मात्र अलैंची विकास केन्द्र पनि यही नगरमा छ । त्यसरीनै यो नगरले मुलुकमै पहिलो पटक चिया प्रशोधन केन्द्र समेत स्थापना गर्न सफल भएको छ ।
कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको यो नगरमा पुष्प व्यवसायिहरुको लागि समेत सम्भावना बढ्दै गएको छ । पुष्प व्यवसायको विकासका लागि पुष्प व्यवसायिहरुलाई तालिम र पुनर्ताजकीका कार्यक्रमहरु बाक्लो हुँदै गएको छ ।

 

 

TOP