जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामका प्रमेश राई ‘द भ्वाइस अफ नेपाल सिजन–६’ को फाइनल राउण्डमा प्रवेश

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
इलामका प्रमेश राई ‘द भ्वाइस अफ नेपाल सिजन–६’ को फाइनल राउण्डमा प्रवेश

इलाम : इलामको रोङ गाउँपालिका प्रमेश राई द भ्वाइस अफ नेपाल सिजन–६ को फाइनल राउण्डमा प्रवेश गरेका छन् । इलामे गायक प्रमेश राईको चर्चा शुरुबाट नै निकै नै भएको यिथयो । उनै प्रमेश अहिले टिम राजुबाट अन्तिम प्रतिस्पर्धीको रुपमा फाइनल राउन्डमा सुरक्षित भइसकेका छन । रोङ गाउँपालिका–६ सन सिटि भिलेज सलकपुरका प्रमेश सामान्य परिवारमा हुर्किएका हुन् । पूर्णबहादुर राई र रेनुका तामाङको कोखबाट २०६० सालमा जन्मिएका प्रमेशलाई आफ्ना आमाबुवाले खेती किसान गरेर हुर्काए ।

हिमालयन टेलिभिजनमा प्रत्येक शुक्रबार र शनिबार साँझ ८ बजेबाट दिने रियालीटी सो मा चाार जना कोचहरु मध्ये कोच राजुको टिमबाट तथा सयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै डिजिटल राउन्ड, ब्लाइन्ड राउन्ड,लाइभ राउन्ड हुँदै फाइनल राउन्डमा पुगेका छन् गायक प्रमेश । उनी २०७५ सालबाट औपचारिक संगित शिक्षा सिक्न थालेका हुन् । झापा बिर्तामोडमा रहेको सरगम संगितालयमा दिपक रायमाझीसँग संगित सिकेका राइले अहिले काठमाडौ स्थित पुरानो बानेश्वरमा रहेको धुन कला केन्द्रमा कैलाश राई सँग संगित सिक्दै गरेको प्रमेशले बताए ।

हाल संगितकै विषयमा व्याचलर गर्दै गरेका प्रमेशले आफ्नो जिल्लावासीहरुलाई भोट दिएर आफुलाई भ्वइसको उपाधी जिताउन आग्रह समेत गरेका छन् ।रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले प्रमेश देशकै उत्कृष्ट प्रतिभा रहेको भन्दै उनैले यो प्रतियोगिता जित्ने विश्वास व्यक्त गरे । उनले प्रमेशलाई भोट दिएर जिताउन पनि सबैमा आग्रह गरे । इलाम संगितक क्षेत्रको उर्वर भूमिका रुपमा लिने गरिन्छ ।

TOP