जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

राजदुतको स्वागतमा अन्तु–कन्याम सिंगारिदै

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
राजदुतको स्वागतमा अन्तु–कन्याम सिंगारिदै

पशुपतिनगर(इलाम) नेपाली नयाँ बर्ष २०८२ को अवसरमा नेपालका लागि बिभिन्न देशका राजदुत इलामको अन्तु आउने भए पछि अन्तु र कन्याम सिंगारिएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्र्तगत यहि चैत ३१ देखि २०८२ बैशाख १ र २ बिभिन्न देशका राजदुत अन्तु आउने भए पछि नगरपालिकाले अन्तु कन्यामको सरसफाई सहित सिंगारने काम भैरहेको हो ।
मन्त्रालयले बार्षिक रुपमा बिभिन्न देशका नेपालमा रहनु भएका राजदुतलाई नयाँ बर्षको अवसरमा नयाँ पर्यटकीय गन्तब्यमा भ्रमण गरायने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो। उक्त कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा , मन्त्रालयका सचिव सहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी , राजदुत सहित ४५ जना बढी उच्च तहका पदाधिकारीको सहभागिता रहने छ । परराष्ट्र मन्त्री डा. राणा सहित राजदुत आउने भए पछि यतिबेला कन्याम र अन्तुको सरसफाई संगै सिंगारने काम भैहरको छ ।
कन्याममा ३१ गते राजदुतको स्वागत संगै चियाको स्वाद चखाने र घोडचढी गर्ने कार्यक्रम राखीएको छ । बिभिन्न जातजातीको भेषभुषामा सजाएर राजदुतलाई छिपिटार सम्म घोडामा चढाएर लगिने नगरपालिकाले जनाएको छ । ४० बढी घोडा राजदुतको स्वागतमा घोडचढी गराउनका लागि तयार गरीएको छ । उक्त अवसरमा कन्याममा निर्माण भएको चिया परीक्ष्ण केन्द्रमा बिभिन्न प्रकारका चियाका स्वाद राजदुत सहितका पाहुनालाई चखाउने कार्यक्रम नगरपालिकाले तय गरेको छ ।
राई , लाप्चा र नेवारी नृत्य सहित साकेला नाच, झाक्री नाचले स्वागत गर्दै अन्तु लगेर बैशाख १ गते सूर्योदयको दृश्यावलोकन गर्ने , चिया टिपाईको अनुभव गराउने , अन्तु पोखरीमा फिसिङ(माछा मार्ने) गराउने र इलाममा उत्पादन भएको चियाका भिन्नि जातको परीक्षण गराउने कार्यक्रम छ ।
कार्यक्रममा इजिप्ट, दक्षिण कोरीया, युके,स्वीटजल्याण्ड,थाइल्याण्ड, अष्टे«लिया, फ्रेन्स रिपब्लिक, इजरायल , जापान , मलेसीया, श्रीलंका, बंगलादेश र इसीमोडका राजदुत आउने कार्यक्रम तय भैसकेको नगरका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले जानकारी दिनु भयो ।
नगरले राजदुत सहितको टोली आउने भए पछि नगर उप प्रमुख दुर्गा कुमार बरालको संयोजक्त्वमा मुल समारोह समिति गठन गरी बिभिन्न उप समिति बनाएर स्वागत सत्कारका लागि तयारी गरीरहेको छ । नगर उप प्रमुख बरालले पाहुनाको स्वागत सत्कारमा सरसफाई देखि स्वागत सत्कारका बिभिन्न तयारी भैरहेको जानकारी दिनु भयो । अन्तु क्षेत्रमा स्थानीयको संघ संस्थाको सहयोगमा सरसफाई सहितका कार्यक्रम भैहरेका छन ।
स्वदेशी तथा बिदेशी पर्यटकको बाह्ै महिना भिड लाग्ने अन्तु र कन्याममा राजदुतको भ्रमणले थप प्रचारमा सहयोग पुग्ने नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘राजदुतको यो भ्रमणले अन्तु , कन्याम सहितका पर्यटकीय स्थलको थप प्रचार प्रसार हुने छ ।’ नगर प्रमुख राईले राजदुतको उक्त भ्रमणले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन भ्रमण बर्ष सफल पार्न समेत सहयोग पुग्ने बताउनु भयो । राजदुतको उक्त भ्रमण अनौपचारीक भएको नगरपालिकाले जनाएको छ । गोरखापत्र अनलाईन

TOP