जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

अन्तु भ्रमणमा आउदै राजदुत

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
अन्तु भ्रमणमा आउदै राजदुत

फिक्क्ल: नेपाली नयाँ बर्ष २०८२ को अवसरमा नेपालका लागि बिभिन्न २७ बढी देशका राजदुत इलामको अन्तु आउने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्र्तगत यहि चैत ३१ , बैशा १ र २ गते २७ बढी देशका राजदुत अन्तु आउने कार्यक्रम तय भएको हो ।मन्त्रालयले बार्षिक रुपमा बिभिन्न देशका नेपालमा रहनु भएका राजदुतलाई नयाँ बर्षको अवसरमा नयाँ पर्यटकीय गन्तब्यमा भ्रमण गरायने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो।
कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा , मन्त्रालयका सचिव सहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी , राजदुत सहित ४५ जना बढी उच्च तहका पदाधिकारीको सहभागिता रहने छ ।कार्यक्रम अनुसार चैत्र ३१ गते उक्त टोली कन्याम आईपुग्ने छ । कन्याममा नगरले स्वागत गरी चिया टेष्टिङ सेन्टरमा बिभिन्न चियाको स्वाद चखाउने कार्यक्रम तय गरेको छ । उक्त अवसरमा दुधको परिकार चिजको समेत स्वाद चखाईने छ । नगर प्रमुख राईका अनुसार कन्यामा सबै देशका राजदुत सहितको टोलीलाई बिभिन्न जातजातीको पोषाकमा सजाएर घोडचढी गर्ने, चिया बगान घुमाउने कार्यक्रम रहेको छ ।
३१ गते अन्तुमा रात्रीकालीन स्वागत गरी बैशाख १ गते नयाँ बर्षको अवसरमा सबै राजदुतलाई सूर्योदयको दृश्यावलोकन गराईने नगर प्रमुख राईले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘यति धेरै देशका राजदुत हाम्रो पालिकामा आउदै गर्दा यो पालिकालाई आगामी दिनमा बिश्वले चिन्ने अपेक्षा सहित कार्यक्रमको तयारी भैरहेको छ । चिया बगान घुम्ने, अन्तु पोखरीमा डुंगा सयर आदि कार्यक्रम नगरे तय गरेको छ ।
नगरले राजदुत सहितको टोली आउने भए पछि अहिले नगर उप प्रमुख दुर्गा कुमार बरालको संयोजक्त्वमा मुल समारोह समिति गठन गरी बिभिन्न उप समिति बनाएर स्वागत सत्कारका लागि तयारी थालेको छ । नगरले बिभिन्न जातजातीको झाकी सहित पाहुनालाई स्वागत गर्ने , स्थानीय खानाका परिकारको ब्यवस्था गर्ने, बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने र स्थानीय पर्यटकीय क्षेत्रको सरसफाई गर्ने काम गरी रहेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले मन्त्रालयले बर्षेनी गर्ने कार्यक्रम भएकाले अन्तुमा पनि अनौपचारीक कार्यक्रम मात्र हुने जानकारी दिनु भयो । उहाका अनुसार हाल सम्म २७ देशका राजदुत अन्तु आउने निश्चित भैसकेको छ । उक्त टोली बैशाख १ गते अन्तुमै बसेर २ गते फर्कने कार्यक्रम रहेको छ ।
स्वदेशी तथा बिदेशी पर्यटकको बाह्ै महिना भिड लाग्ने अन्तु र कन्याममा राजदुतको भ्रमणले थप प्रचार हुने नगर उप प्रमुख दुर्गा कुमार बरालले जानकारी दिनु भयो ।

TOP