जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाममा करोडौंको लगानीमा फनपार्क र रिसोर्टसहितको गाई फार्म खुल्दै

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलाममा करोडौंको लगानीमा फनपार्क र रिसोर्टसहितको गाई फार्म खुल्दै

इलाम : इलामको देउमाइ नगरपालिकामा १० करोडको लगानीमा फनपार्क र रिसोट सहितको गाई फार्म खुल्ने भएको छ । पुवाखोलाको किनारमा करिब ५० रोपनीको जग्गामा पार्कसहितको रिसोर्ट र गाई फार्म खुल्न लागेको हो ।

दैनिक पर्यटक बढ्न थालेपछि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर फनपार्क खुल्न लागेको हो । देउमाई नगरपालिकाको वडा नं ६ मा स्थानिय मानबहादुर घिमिरेले इलाममा रहेका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकलाई थप उत्साह प्रदान गर्ने उद्धेश्यले फनपार्क र रिसोर्ट सहितको गाई फार्म निमार्णको काम थालिएको जानकारी दिनुभयो । स्विमिङ्ग पुलसहित पोखरीमा डुङ्गा सयर र फिसिङ्ग गर्न पाइने सेवा सहितको रिसोर्ट र एक सय बटा भन्दा बढि गाई रहने गरि फार्म सञ्चालनमा ल्याउन लागिएको सञ्चालक घिमिरेले बताउनुभयो ।

घिमिरेले कम्पनी नै दर्ता गरेर यो योजना संचालन गर्नका लागि अहिले भौतिक संरचना निमार्णको काम सुरु भइसकोको बताउनुभएको छ । गत जेठ महिनाबाट निर्माणको काम थालिएकोमा अहिले पोखरी निमार्ण,गाई फार्म संचालन गर्न ५० वटा गाई आट्ने आधुनिक गोठ र आवास निमार्णको काम अन्तिम चरणमा पुगेको उहाँको भनाई छ । अबको ६ महिना भित्रमा सम्पुर्ण निमार्णको काम सक्ने गरि दुर्त गतिमा काम भईरहेको समेत घिमिरेले बताउनुभयो ।

निर्माण सम्पन्न भएपछि बिभिन्न नेपाली परिकारका खाना, गाई फार्मको अवलोकन, पाखरीमा डुंगा सयर, पानीको फोहोरासहितको सेल्फी पौइन्ट र सुइमिङ गर्ने ब्यबस्था समेत मिलाइने उहाँले बताउनुभयो । स्थानीय स्तरमै उत्पादित खाद्यान्तलाई जोड दिने बताईएको छ ।

“चिल पोखरी पार्क” नाम दिईएको उक्त स्थानमा पर्यटकका लागि ६ महिना भित्रमा सञ्चालनमा ल्याईने घिमिरेले बताउनुभयो । फनपार्क सहितको फार्र्मका लागि पोखरीलाई घेराबार गर्ने, बाटो बनाउने लगायतका अन्य संरचना बनाउन थालिएको छ । २० बर्ष सरकारी सेवामा बिताईसक्नुभएका घिमिरेले आफ्नो एकल लगानीका यो योजना संचालन गरिरहनुभएको हो । उमेरको हिसाबमा ६० हाराहरी पुग्नुभएका घिमिरे स्वदेशमा नै केही गरौ भनेर अहिले कम्मर कसेर लागिरहनु भएको छ । इलाम सदरमुकामबाट नजिकै पर्ने यो स्थान सम्म पुग्न दुई पाग्रे र ४ पाग्रे सबारी लिएरै जान सकिने छ । इलामको चुरेघाटी, तोरीबारी पुवाखोला हुँदै चिलपोखरी पार्कसम्म पुग्न सकिनेछ ।(प्रकाश नेपाल हिमालय टाइम्स)

 

TOP