खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

इलाममा करोडौंको लगानीमा फनपार्क र रिसोर्टसहितको गाई फार्म खुल्दै

  • प्रकाशित मितिः October 22, 2026
  • हाम्रो पालिका
इलाममा करोडौंको लगानीमा फनपार्क र रिसोर्टसहितको गाई फार्म खुल्दै

इलाम : इलामको देउमाइ नगरपालिकामा १० करोडको लगानीमा फनपार्क र रिसोट सहितको गाई फार्म खुल्ने भएको छ । पुवाखोलाको किनारमा करिब ५० रोपनीको जग्गामा पार्कसहितको रिसोर्ट र गाई फार्म खुल्न लागेको हो ।

दैनिक पर्यटक बढ्न थालेपछि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर फनपार्क खुल्न लागेको हो । देउमाई नगरपालिकाको वडा नं ६ मा स्थानिय मानबहादुर घिमिरेले इलाममा रहेका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकलाई थप उत्साह प्रदान गर्ने उद्धेश्यले फनपार्क र रिसोर्ट सहितको गाई फार्म निमार्णको काम थालिएको जानकारी दिनुभयो । स्विमिङ्ग पुलसहित पोखरीमा डुङ्गा सयर र फिसिङ्ग गर्न पाइने सेवा सहितको रिसोर्ट र एक सय बटा भन्दा बढि गाई रहने गरि फार्म सञ्चालनमा ल्याउन लागिएको सञ्चालक घिमिरेले बताउनुभयो ।

घिमिरेले कम्पनी नै दर्ता गरेर यो योजना संचालन गर्नका लागि अहिले भौतिक संरचना निमार्णको काम सुरु भइसकोको बताउनुभएको छ । गत जेठ महिनाबाट निर्माणको काम थालिएकोमा अहिले पोखरी निमार्ण,गाई फार्म संचालन गर्न ५० वटा गाई आट्ने आधुनिक गोठ र आवास निमार्णको काम अन्तिम चरणमा पुगेको उहाँको भनाई छ । अबको ६ महिना भित्रमा सम्पुर्ण निमार्णको काम सक्ने गरि दुर्त गतिमा काम भईरहेको समेत घिमिरेले बताउनुभयो ।

निर्माण सम्पन्न भएपछि बिभिन्न नेपाली परिकारका खाना, गाई फार्मको अवलोकन, पाखरीमा डुंगा सयर, पानीको फोहोरासहितको सेल्फी पौइन्ट र सुइमिङ गर्ने ब्यबस्था समेत मिलाइने उहाँले बताउनुभयो । स्थानीय स्तरमै उत्पादित खाद्यान्तलाई जोड दिने बताईएको छ ।

“चिल पोखरी पार्क” नाम दिईएको उक्त स्थानमा पर्यटकका लागि ६ महिना भित्रमा सञ्चालनमा ल्याईने घिमिरेले बताउनुभयो । फनपार्क सहितको फार्र्मका लागि पोखरीलाई घेराबार गर्ने, बाटो बनाउने लगायतका अन्य संरचना बनाउन थालिएको छ । २० बर्ष सरकारी सेवामा बिताईसक्नुभएका घिमिरेले आफ्नो एकल लगानीका यो योजना संचालन गरिरहनुभएको हो । उमेरको हिसाबमा ६० हाराहरी पुग्नुभएका घिमिरे स्वदेशमा नै केही गरौ भनेर अहिले कम्मर कसेर लागिरहनु भएको छ । इलाम सदरमुकामबाट नजिकै पर्ने यो स्थान सम्म पुग्न दुई पाग्रे र ४ पाग्रे सबारी लिएरै जान सकिने छ । इलामको चुरेघाटी, तोरीबारी पुवाखोला हुँदै चिलपोखरी पार्कसम्म पुग्न सकिनेछ ।(प्रकाश नेपाल हिमालय टाइम्स)

 

TOP