जीवनशैली सूर्योदयमा नागरिकता तथा घटना दर्ता सम्बन्धि अन्तरक्रिया सम्पन्न कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु
Hamropalika menu advertisement

इलामको सूर्योदयमा कार्बन उत्सर्जन ,बैकल्पिक उर्जा र बाताबरण संरक्षण सम्बन्धि कार्यशाला सम्पन्न

  • प्रकाशित मितिः December 4, 2025
  • हाम्रो पालिका
इलामको सूर्योदयमा कार्बन उत्सर्जन ,बैकल्पिक उर्जा र बाताबरण संरक्षण सम्बन्धि कार्यशाला सम्पन्न

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा कार्बन उत्सर्जन ,बैकल्पिक उर्जा र बाताबरण संरक्षण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।सहारा नेपाल साकोसको आयोजना र सूर्योदय नगरपालिकाको समन्वयमा कार्बन उत्सर्जन ,बैकल्पिक उर्जा र बाताबरण संरक्षणका बिषयमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाका प्रथम उपाध्यक्ष छबिलाल खतिवडाको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ससभागीले वातावरण संरक्षण गर्न सबै पक्ष सक्रिय बन्नु पर्ने सुझाव दिएका छन् । कार्यक्रममा नगर प्रमुख राईले कार्वन उत्र्सर्जन कम गरी वातावरण संरक्षण गर्नका लागि नगरपालिकाले मात्र पहल गरेर नहुने भएकाले सरोकारवाला सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भयो ।
सहारा नेपाल साकोस संचालक समिति सदस्य लक्ष्मी प्रसाद आचार्यले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले स्थानीय उपभोक्तातालाई सहज हुँने गरी साझेदारी कार्यक्रम संचालन गर्न ठोस पहल गर्न सक्नु पर्ने बताउनु भयो । उहाले सहारा नेपालले नगर संग समन्वयमा गर्ने कार्यक्रम बारे ठोस निर्णय लिएर काम गर्न नगरपालिका तयार रहेको जानकारी दिनु भयो ।
क्ल्नि कुकिङ सोलुसन कार्यक्रमका संयोजक नविन लामिछानेले कार्बन उत्सर्जन ,बैकल्पिक उर्जा र बाताबरण संरक्षण सम्बन्धि प्रस्तुती कारण राख्नु भएको कार्यक्रममा सहभागीले बिभिन्न बिषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा सामुदायिक बनका प्रतिनिधि कमल गदालले वातावरण संरक्षण र नविकरणीय उर्जाका क्षेत्रमा बिगत देखि काम हुँदै आए पनि तल्लो स्तरका समुदायमा कार्यक्रम प्रभावकारी रुपमा पुग्न नसकेको बताउनु भयो । उहाले बिद्युत प्राधिकरणको अस्पष्ट नितीका कारण उपभोक्ता मारमा परीरहेको बताउनु भयो । कार्यक्रममा सूर्योदय नगरपालिका वन बातावरण तथा बिपत ब्यवस्थापन समितिका संयोजक राजकुमार लिम्बु, सूर्योदय २ का वडाध्यक्ष डिक बम्जन, कार्यपालिका सदस्य लता अधिकारी गौतम, राष्ट्रिय बन पैदावर ब्यवसायी संघका अध्यक्ष रोहित खड्का , डिभिजन बन कर्यालयका प्रतिनिधि र बिद्युत प्राधिकरणका प्रतिनिधि लगायतले वातावरण संरक्षणमा भएका प्रसाय र आगामी दिनमा गर्नुपर्ने कामका बिषयमा आफनो धारण राख्नु भएको थियो ।
कार्यक्रममा सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाका प्रथम उपाध्यक्ष छबिलाल खतिवडाले कार्बन उत्सर्जन ,बैकल्पिक उर्जा र बाताबरण संरक्षणका क्षेत्रमा सहारा नेपालले गर्दै आएका प्रयासका बारेमा जानकारी गराउनु भएको थियो । उहाले मौसम परिवर्तनका कारण हुनसक्ने प्रतिकुल असरको न्यूनिकरण र व्यवस्थापन गर्न सबै सरोकारवाला निकायले नितीगत व्यवस्थापन र कार्ययोजना सहित अगाडी बढन आपसी समन्वय गर्नु पर्नेमा जोड दिनु भयो ।

 

TOP