जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

इलामको पर्यटन प्रवर्धन गर्न पर्यटन कार्यालयको पहल

  • प्रकाशित मितिः October 31, 2025
  • हाम्रो पालिका
इलामको पर्यटन प्रवर्धन गर्न पर्यटन कार्यालयको पहल

फिक्कल: इलामको करफोक हरीयाली भित्र हुस्सु र कुहीरोले ढाकी रहने ठाउ हो । तराईको अच्चकाली गर्मी छल्न आउनेहरुका लागि करफोक क्षेत्र प्राकृतिक एयर कन्डिसन बन्ने गर्छ । धुपीघारीको बिचमा सजिएको करफोकमा कुहीरोभित्र लुकामारी गर्न पाउदा पर्यटक आनन्दित बन्ने गरेका छन। करफोक पंञ्चकन्या क्षेत्रमा पछिल्लो समय ग्रामिण पर्यटन प्रवर्धन गर्नका लागि सामुदायिक होमस्टे संचालनमा ल्याईएको छ ।
करफोक खलङ्गा सामुदायिक होमस्टे पर्यटन कार्यालय काकडभिट्टमा दर्ता गरी यहाँका सात परिवारले एक पटकमा ५० जना पर्यटक बास बसाउने गरी घरबास कार्यक्रम संचालन गरीएको छ । काठैकाठले निर्माण गरीएका चिटिक्क परेका घरमा पाहुँनाको स्वागत सत्कार गर्न थालिए पछि अहिले करफोकमा पर्यटकको भिड नै लाग्न थालेको छ । पर्यटन ब्यवसायी तथा पत्रकार केदार शर्माले सूर्योदय नगरपालिका सहित इलामले अव मौषमी पर्यटन प्रवर्धन गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘हामीले यहाँको कुहिरो बेच्न सकेका छैनौ, अव कुहीरो बेच्न सक्नु पर्छ ।’उहाले मौषम अनुसार पर्यटकका लागि प्याकेज निर्माण गर्न सके पर्यटकको आवागमन बढ्न सक्ने बताउनु भयो । शर्माले पछिल्लो समय करफोकमा होमस्टे संचालन गर्दै आउनु भएको छ । करफोकमा पछिल्लो समय होमस्टे संचालन गर्दै आउनु भएका चन्द्र सापकोटाले पर्यटकले रुचाउने मौषम भएकै कारण करफोकमा होमस्टे संचालन गरीएको बताउनु भयो । सापकोटाले सूर्योदय नगरपालिकाबाट परिकार बनाउने र स्थानीय स्तरमा खेती प्रविधिको तालिम पाएपछि होमस्टे शुरु गरिएको जानकारी दिनु भयो ।
सापकोटा संगै करफोकमा ज्योति अधिकारी सहितका सात परिवारले एक घरमा ८ जनाका दरले पर्यटकलाई बास बसाउने गरी होमस्टे संचालनमा ल्याउनु भएको छ । ‘धेरै ठाउँका होमस्टेको अध्ययन गरेर रैथाने खानाका परिकार मात्र चखाउने गरी होमस्टे संचालन गरेका हौ ’अधिकारीले भन्नु भयो ।
बुधबार पर्यटन कार्यालय काकडभिट्टले करफोकका होमस्टेको प्रचार गर्दै इलामको पर्यटन पवर्धन गर्नका लागि सरोकारवाला संग छलफल गरेको छ । साविकको मेची अञ्चलको झापा, इलाम, पाँचथर र ताप्लेजुङको पर्यटन प्रवर्धनको क्षेत्रमा काम गर्दै आएको कार्यालयले यी क्षेत्रको पर्यटन बिकासका लागि सरोकारवालाको सुझाव समेत संकलन गरेको हो । कार्यालय प्रमुख छवि खतिवडाले ग्रामिण पर्यटन प्रवर्धन र बिकासका लागि स्थानीयको आवश्यक्ता अनुसार काम गर्नका लागि सरोकारवालाको सुझाव लिएको बताउनु भयो । उहाले भन्नु भयो‘हामीले धेरै स्थानका होमस्टे अवलोकन गर्दा पूर्वमा हस्पिटालिटिमा ध्यान दिन आवश्यक देखिन्छ ।’ प्रमुख खतिवडाले कार्यालयले गर्दै आएका गतिविधिको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा पर्यटक कार्यालय काकडभिट्टाकै कर्मचारी निरोज कट्टेलले पर्यटकको अवस्था बारे प्रस्तुतीकरण गर्नु भयो । उहाले कार्यालयले पर्यटकीय गन्तब्यको पहिचान गर्ने, सूचीकृत गर्ने र स्थानीय उत्पादको ब्राण्डिङ गर्ने काम गर्दै आएको बताउनु भयो । इलामको पर्यटनका सवालमा भएको छलफलमा होटल ब्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले मेची करिडोरमा रहेका पर्यटकीय गन्तब्य र यहाँ गरीने कार्यक्रमको बार्षिक क्यालेण्डर निर्माण गर्न सुझाव दिनु भयो । उहाले एउटै मितिमा धेरै स्थानमा कार्यक्रम हुँदा पर्यटक अलमलमा पर्ने गरेको बताउनु भयो । पौडेलले पर्यटन क्षेत्रमा काम गर्ने साना ब्यवसायलाई दर्ता गर्न, सूचना केन्द्र स्थापना गरी पर्यटकका लागि प्याकेज निर्माण गर्न र प्रविधि सम्बन्धि तालिम संचालन गर्न सके पर्यटन क्षेत्रमा सुधार गर्न सकिने बताउनु भयो ।
स्थानीय होटल ब्यवसायी, होमस्टे ब्यवसायी , पर्यटनकर्मी र जनप्रतिनिधिको सहभागीता रहेको कार्यक्रममा पर्यटन इोत्रका बिभिन्न समस्या औल्याईएको थियो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले पर्यटन क्षेत्रको बिकासका लागि तीन तहकै सरकार बिच समन्वयको खाचो रहेको बताउनु भयो । उहाले कोशी प्रदेश सरकारले सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरी घोषणा गरे पनि हाल सम्म स्पष्ट रणनीति बन्न नसक्दा समस्या भएको बताउनु भयो ।
कार्यक्रममा प्राध्यापक राजेन्द्र बराल, पर्यटन ब्यवसायी धनकुमार आले, राजन प्रधान, नगेन्द्र कटवाल , संचारकर्मी बिक्रम सुन्दास लगायतले सुझाव दिएका थिए । उक्त कार्यक्रममा केचना कंचनजंघा पर्यटन बिकास समितिका सदस्य सुजन तिम्सिना, वडा नं. ११ का वडाध्यक्ष सन्तोष राईले मन्तब्य राख्नु भएको थियो ।
अहिले इलाम आएका पर्यटक मध्ये ७० प्रतिशत पर्यटक सूर्योदयको कन्याम , अन्तु , फिक्कल करफोकबाटै फर्कीने गरेका छन । ३० प्रतिशत पर्यटक मात्र इलामका अन्य क्षेत्र जाने गरेको पाईएको छ । करफोक क्षेत्रमा नेपालकै पुरानो बिद्यालय करफोक बिद्यामन्दिर माध्यमिक बिद्यालय, धुपीघारी , पंचकन्या मन्दिर, एतिहासीक खलङगा गडी, पूर्णेडाँडा, स्वामीपार्क जस्ता पर्यटकीय स्थल रहेका छन । नगरले कन्याम देखि पूर्णे डाँडा सम्माको १२ किलोमिटर लामो साईक्लिङ ट्रयाक समेत निर्माण गरीरहेको छ ।
सरोकारवालाले इलामका सबै पालिकाले पर्यटन सम्बन्धि गुरु योजना निर्माण गर्न सुझाव दिएका छन । इलाम नगरपालिकाको पर्यटन समितिका सदस्य राजेन्द्र बरालले अन्तरपालिका समन्वय आवश्यक रहेको बताउनु भयो । इलामा सानाठूला गरी चार सयको हाराहारी होटल तथा एक सयको हाराहारीमा होमस्टे रहेका छन् ।

 

TOP