Hamropalika menu advertisement

इलामका युवालाई कोरीया पठाउन भन्दै लिएको ३२ लाख बढी रकम फिर्ता

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
इलामका युवालाई कोरीया पठाउन भन्दै लिएको ३२ लाख बढी रकम फिर्ता

इलाम: इलामबाट मौसमी कामदार कोरीया पठाउन भन्दै रकम असुरी गर्ने एसीइ स्कील तालिम सेन्टरबाट स्थानीय युवाको ३२ लाख बढी रमक फिर्ता गराईएको छ ।
दक्षिण कोरीयामा मौसमी कामदार पठाउन भनी अवैधानिक रुपमा तालिम संचालन गरी रकम असुली गरेर कामदार पठाउन नसकेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय इलामले सेन्टरबाट स्थानीय युवाको ३२ लाख ३० हजार रुपियाँ फिर्ता गराएको हो ।
इलाममा संचालित एसीइ स्कील तालिम सेन्टर कामदार कोरीया पठाउने भन्दै तालिम समेत संचालन गरेको थियो । तालिम शुल्क भनी स्थानीय युवाबाट मोटो रकम उठाएको थियो । रकम संकलन गरेको लामो समय सम्म पनि कामदार पठाउन नसके पछि जिल्ला प्रशासन कार्यालयमा युवाले उजुरी दिएका थिए । उजुरीका आधारमा ३१ जनाको पुरा रकम र थप तीन जनाको आधा रकम तालिम सेन्टरले फिर्ता गरेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो । इलाममा उक्त तालिम सेन्टरले तीय सय हाराहारी युवाबाट प्रति ब्यक्ति रकम संकलन गरेको थियो । सेन्टरले पानी जहाज बनाउने कम्पनीमा कामदार लैजाने भन्दै वेल्डिङ तालिम संचालन गरेको थियो । उक्र काम इलामका सुरेन्द्र राईले गर्नु भएको थियो ।

TOP