जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामे कर्मचारिको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा पुन पौडेल चयन

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामे कर्मचारिको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा पुन पौडेल चयन

फिक्क्ल: इलामे राष्ट्रसेवक कर्मचारि समाजको प्रथम साधारणसभा आज काठमाण्डौमा सम्पन्न भएको छ । साधारणसभा बाट तदर्थ समितिको अध्यक्ष तीर्थ प्रकाश पौडेल पुन अध्यक्षमा चयन हुनुभएको छ ।

समाजको उपाध्यक्षमा उदयराज भट्टराई, सचिव अशोक कुमार राई, कोषाध्यक्ष पुष्पनारायण दाहाल र सहसचिव विपिन राई चयन हुनुभएको छ । सदस्यहरूमा दिपक भारध्वज, बालेश्वर खड्का, मुना राउत, असिम दियालि, यक्ष कुमारि न्यौपाने, विष्णु श्रेष्ठ, प्रज्वल ध्वज थापा र कबिता पराजुलि रहनुभएको छ ।

सभामा तदर्थ समितिको कोषाध्यक्ष पुष्पनारायण दाहाल को आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरि पारित गरिएको थियो भने समाजका सल्लाहकार कुमार थापालाई सम्मान गरिएको थियो । समाजका अध्यक्ष तीर्थ प्रकाश पौडेल को अध्यक्षता मा सम्पन्न सभा मा आजिवन सदस्यहरू लाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

सभामा समाजका संस्थापक सल्लाहकार कुमार थापा, नेपाल सरकारका पुर्वसचिव खेमराज नेपाल, पुर्व डिआईजि पिताम्बर अधिकारी, डा. खेम कार्कि लगायत ले मन्तब्य ब्यक्त गर्नुभएको उपाध्यक्ष उदयराज भट्टराईले जानकारी दिनुभयो ।

TOP