Hamropalika menu advertisement

लामो दुरीको यातायात असोज १ देखिनै खुल्ने, भाडा ५० प्रतिशत बढ्यो

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
लामो दुरीको यातायात असोज १ देखिनै खुल्ने, भाडा ५० प्रतिशत बढ्यो


३० भदौ, काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।

बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ । अनलाईन खबर बाट

TOP