जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामका बिद्यालयमा पर्यटन क्लब गठन

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
इलामका बिद्यालयमा पर्यटन क्लब गठन

फिक्क्ल : बिद्यालय स्तरबाटै पर्यटन प्रवर्धन गर्नका लागि इलामका बिद्यालयमा नेस्नल सस्टेनेवल दुरिजम क्लब गठन गरीएको छ । पर्यटन बोर्ड र युएनडीपिको सहयोगमा टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्टिच्युटले इलामका ४ वटा बिद्यालयमा नेस्नल सस्टेनेवल दुरिजम क्लब गठन गरेको हो ।
सानै देखि बालबालिकामा पर्यटनको स्वागत , सत्कार देखि पर्यटन मैत्री संस्कार बिकास गर्ने उद्देश्यले इलाम नगरपालिकाको आर्दश माध्यमिक बिद्यालय माउण्ट मेची इग्लिस स्कुल तथा सूर्योदय नगरपालिकाको बीरेन्द्र माबि र कृणाश्रम माबिमा नेस्नल सस्टेनेवल दुरिजम क्लब गठन गरेको टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्टिच्युटका बिद्यालय कार्यक्रम संयोजक लक्ष्मी प्रसाद बुढाथोकीले जानकारी दिनु भयो । ११ सदस्यीय समितिमा ९ जना बिद्यार्थी, संरक्षकमा बिद्यालयका प्रधानाध्यापक र उप संरक्षकमा बिद्यालयका नेपाली बिषय शिक्षक रहने ब्यवस्था छ ।
उहाले पहिलो चरणमा नमुनाका रुपमा थोरै बिद्यालयमा क्लब गठन गरीएको जानकारी दिदै भविश्यमा सबै बिद्यालयमा क्लब गठन गरीने बताउनु भयो । संयोजक बुढाथोकीका अनुसार देश भरका कल्बको र पर्यटकीय अवस्थाको तत्थ्याङ्क संकलन गरी पर्यटन दिसवका अवसारमा पर्यटन बोर्डलाई बुझाईने छ ।
इन्टिच्युटले कोशी प्रदेशका १५ वटा बिद्यालयमा पहिलो चरणमा क्लब गठन गर्ने जनाएको छ । बिद्यालय स्तरमा क्लब गठन सके पछि जिल्ल हुँदै प्रदेश र संघीय स्तरका बिद्यार्थीका पर्यटन क्लब निर्माण गरिने छ । यसरी गठन भएका क्लबले स्थानीय स्तरमा पर्यटन प्रवर्धन र संस्कृति संरक्षणका काम गर्ने इन्टिच्युटले जनाएको छ । संयोजक बुढाथोकीले भन्नु भयो‘पर्यटकीय गन्तब्य मात्र भएर भएन, पर्यटकीय संस्कार र सरक्षण पनि हुँन जरुरी छ ।’
इन्टिच्युटले इलामका यी बिद्यालयमा कोशी प्रदेशको पर्यटन र संभावना बिषयमा बत्तित्वकला प्रतियोगिता सहित बिभिन्न जातजातीका सांस्कृतिक नाचको समेत आयोजना गरेको छ । बिद्यालयहरुले साकेला शिली , चण्डी नाच आदि प्रस्तु गरेका थिए ।

TOP