प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

इलामका नवयुग, छिरिङ र दर्शन विश्वकप छनौटका लागी नेपाली राष्ट्रिय टिमको प्रारम्भिक सुचीमा

  • प्रकाशित मितिः October 12, 2026
  • हाम्रो पालिका
इलामका नवयुग, छिरिङ र दर्शन विश्वकप छनौटका लागी नेपाली राष्ट्रिय टिमको प्रारम्भिक सुचीमा

इलामका नवयुग श्रेष्ठ, छिरिङ गुरुङ र दर्शन गुरुङ फिफा विश्वकप कतार २०२२ तथा एएफसी एसियन कप चीन २०२३ छनोटका लागी ३१ सदस्यीय प्रारम्भिक टोलीमा परेका छन् । लिगका उदयमान दर्शनले पहिलो पटक सिनियर टोलीको छनौटमा स्थान बनाएका हुन् । लिगमा एनआरटी क्लबमा उनको आधार मानेर प्रशिक्षक योहान कालिनले पहिलो पटक प्रारम्भिक सुचीमा समावेश गरेका हुन् । लिगको दोश्रो टोली त्रिभुवन आर्मीका नवयुग सन २०१६ देखी नेपाली टिमको मुख्य स्ट्राइकरका रुपमा खेलिरहेका छन् ।
त्यसैगरी १३ औ दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्ण विजेता टोलीका सदस्य छिरिङ समेत पहिलो पटक टिममा परेका हुन् । दर्शनसँगै एरिक बिष्ट, दिलेन लोक्तामले पहिलो पटक सिनियर राष्ट्रिय टोलीको छनौटमा स्थान बनाए ।
आर्मीका जर्जप्रिन्स कार्की र भरत खवासले टोलीमा कमव्याक गर्दा एन्फाबाट निलम्बमा परेका ४ खेलाडी मध्ये अञ्जन बिष्टले मात्र स्थान बनाउन सफल रहे । बिमल घर्ती मगर, दिनेश राजवंशी र सन्तोष तामाङलाई टोलीमा राखिएको छैन् । विदेशी लिगमा व्यस्त रहेका कारण रोहित चन्द, किरण चेम्जोङ र अभिषेक रिजाललाई भने प्रारम्भिक सुचीमा समावेश गरिएको छैन । अबे अन्र्तगतका खेल खेलिसकेको नेपालले चैत्र १३ मा चाइनिज ताइपेइ तथा चैत्र १८ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछ । नेपालले विश्वकप छनोटको सुरुवाती ५ खेलमा १ जितका साथ ३ अंकसहित चौथो स्थानमा छ ।
३१ सदस्यीय प्रारम्भिक टोली
गोलरक्षक स् विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने
डिफेन्डर स् रञ्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकाश खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लोक्तन
मिडफिल्डर स् विशाल राई ‘बी’, सेसेहाङ आङदेम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, अञ्जन विष्ट
फरवार्ड स् जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा र विमल राना

TOP