जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

देश बिकास निर्माणको युगमा प्रवेश ग¥र्योः पूर्व प्रधानमन्त्री खनाल

  • प्रकाशित मितिः September 10, 2026
  • हाम्रो पालिका
देश बिकास निर्माणको युगमा प्रवेश ग¥र्योः पूर्व प्रधानमन्त्री खनाल

फिक्कल: पूर्व प्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभाका उम्मेदवार झलनाथ खनालले देश अव बिकास निर्माणको युगमा प्रवेश गरेको बताउनु भएको छ ।
आफनो निर्वाचन क्षेत्र अन्र्तगत सूर्योदय नगरपालिकामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी(एस)का सम्मानीत नेता समेत रहनु भएका पूर्व प्रम खनालले संबिधान समेत कार्यान्वयनमा आई सकेकाले अव देश बिकासको युगमा प्रवेश गरेको बताउनु भयो ।
खनालले भन्नु भयो‘अव हामीले धेरै कुरामा अलमल गर्नु पर्ने छैन, नागरिकको स्वास्थ्य, शिक्षा र आर्य स्तर बढाउने कुरामा ध्यान दिनु पर्छ ।’खनालले अव स्थानीय , प्रदेश र संघले आवश्यक्ता अनुसारका बिकासका काम मिलेर गर्ने बताउनु भयो । ‘हामी हिजो ब्यवस्था परिवर्तनका लागि लामो समय अलmम गर्नु प¥र्यो, अव कहि कतै अलमल गर्नु पर्ने छैन’ खनालले भन्नु भयो ‘छोटो समयमा देशको कायापलट गर्न सक्छौ।’
उहाले बिकास निर्माणको इच्छा राखेर मात्र नहुँने बताउदै क्षमता पनि त्यहि अनुसारको हुनु पर्ने बताउनु भएको छ । उहाले भन्नु भयो‘हाम्रोमा धनी र गरिव बिचको एउटा खाडल छ त्यसको अन्त्य गर्नु पर्छ ।’
खनाल इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनको साँझा उम्मेदवारका रुपमा चुनाव लड्दै हुनुहुन्छ । उहा संग नेकपा एमालेका जिल्ला अध्यक्ष चुनावी प्रतिष्पर्धाको दौडमा हुनुहुन्छ ।
गठबन्धन दलले क्षेत्र नं. १ का सबै स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरीसकेको छ । सूनपा ४ र ५ मा शुक्रबार कोणसभा सम्पन्न गरेको गठबन्धनले आज कन्याममा कोणसभा गर्दै छ ।

TOP