जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ जीवनशैली अन्तुमा “नागरीक सुनुवाई” कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

देश बिकास निर्माणको युगमा प्रवेश ग¥र्योः पूर्व प्रधानमन्त्री खनाल

  • प्रकाशित मितिः July 8, 2025
  • हाम्रो पालिका
देश बिकास निर्माणको युगमा प्रवेश ग¥र्योः पूर्व प्रधानमन्त्री खनाल

फिक्कल: पूर्व प्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभाका उम्मेदवार झलनाथ खनालले देश अव बिकास निर्माणको युगमा प्रवेश गरेको बताउनु भएको छ ।
आफनो निर्वाचन क्षेत्र अन्र्तगत सूर्योदय नगरपालिकामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी(एस)का सम्मानीत नेता समेत रहनु भएका पूर्व प्रम खनालले संबिधान समेत कार्यान्वयनमा आई सकेकाले अव देश बिकासको युगमा प्रवेश गरेको बताउनु भयो ।
खनालले भन्नु भयो‘अव हामीले धेरै कुरामा अलमल गर्नु पर्ने छैन, नागरिकको स्वास्थ्य, शिक्षा र आर्य स्तर बढाउने कुरामा ध्यान दिनु पर्छ ।’खनालले अव स्थानीय , प्रदेश र संघले आवश्यक्ता अनुसारका बिकासका काम मिलेर गर्ने बताउनु भयो । ‘हामी हिजो ब्यवस्था परिवर्तनका लागि लामो समय अलmम गर्नु प¥र्यो, अव कहि कतै अलमल गर्नु पर्ने छैन’ खनालले भन्नु भयो ‘छोटो समयमा देशको कायापलट गर्न सक्छौ।’
उहाले बिकास निर्माणको इच्छा राखेर मात्र नहुँने बताउदै क्षमता पनि त्यहि अनुसारको हुनु पर्ने बताउनु भएको छ । उहाले भन्नु भयो‘हाम्रोमा धनी र गरिव बिचको एउटा खाडल छ त्यसको अन्त्य गर्नु पर्छ ।’
खनाल इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनको साँझा उम्मेदवारका रुपमा चुनाव लड्दै हुनुहुन्छ । उहा संग नेकपा एमालेका जिल्ला अध्यक्ष चुनावी प्रतिष्पर्धाको दौडमा हुनुहुन्छ ।
गठबन्धन दलले क्षेत्र नं. १ का सबै स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरीसकेको छ । सूनपा ४ र ५ मा शुक्रबार कोणसभा सम्पन्न गरेको गठबन्धनले आज कन्याममा कोणसभा गर्दै छ ।

TOP