प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

इलामको पशुपतिनगरमा यात्रु सहायता कक्ष स्थापना

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
इलामको पशुपतिनगरमा यात्रु सहायता कक्ष स्थापना


पशुपतिनगर : इलामको पशुपतिनगरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नेपाल भारत सिमामा पर्ने पशुपतिनगर नाकामा शनिबार यात्रु साहयता कक्ष स्थापना गरिएको हो । चाडपर्वलाई लक्षित गरि पशुपतिनगरको नाकामा सहायता कक्ष स्थापना गरिएको फिक्कल ट्राफिक प्रहरी इन्चार्ज टिका नेपालले जानकारी दिए ।

दशै तिहारमा यात्रुहरुलाई विभिन्न खाले समस्या पर्ने, असुरक्षित हुने, सामानहरु चोरी हुने, सवारीमा यात्रा गर्ने समस्या हुने भन्दै यस्ता समस्या समाधानका लागि इलाम ट्राफिक प्रहरीले सहायता कक्ष स्थापना गरिएको उनले जानकारी दिए । यात्रुलाई केही समस्या परेमा प्रहरीको निःशुल्क हटलाईन फोन १०० मा सम्पर्क गर्न पनि उनले अनुरोध गरे ।

यसैबिच यात्रु सहायता कक्ष स्थापनामा भएको पहिलो दिन शनिबार नै सवारी चालकहरु सँग अन्तर्कृया गरिएको छ । चाडपर्बका बेला यात्रुलाई कसरी सहज यात्रा महसुस गराउने भन्ने बिषयमा छलफल भएको हो । चाडपर्बका बेला भिडभाड हुने भएकाले यात्रु स्वयम पनि सचेत रह्नुपर्ने छलफलका सहभागीले बताए ।

TOP