जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको पशुपतिनगरमा यात्रु सहायता कक्ष स्थापना

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
इलामको पशुपतिनगरमा यात्रु सहायता कक्ष स्थापना


पशुपतिनगर : इलामको पशुपतिनगरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नेपाल भारत सिमामा पर्ने पशुपतिनगर नाकामा शनिबार यात्रु साहयता कक्ष स्थापना गरिएको हो । चाडपर्वलाई लक्षित गरि पशुपतिनगरको नाकामा सहायता कक्ष स्थापना गरिएको फिक्कल ट्राफिक प्रहरी इन्चार्ज टिका नेपालले जानकारी दिए ।

दशै तिहारमा यात्रुहरुलाई विभिन्न खाले समस्या पर्ने, असुरक्षित हुने, सामानहरु चोरी हुने, सवारीमा यात्रा गर्ने समस्या हुने भन्दै यस्ता समस्या समाधानका लागि इलाम ट्राफिक प्रहरीले सहायता कक्ष स्थापना गरिएको उनले जानकारी दिए । यात्रुलाई केही समस्या परेमा प्रहरीको निःशुल्क हटलाईन फोन १०० मा सम्पर्क गर्न पनि उनले अनुरोध गरे ।

यसैबिच यात्रु सहायता कक्ष स्थापनामा भएको पहिलो दिन शनिबार नै सवारी चालकहरु सँग अन्तर्कृया गरिएको छ । चाडपर्बका बेला यात्रुलाई कसरी सहज यात्रा महसुस गराउने भन्ने बिषयमा छलफल भएको हो । चाडपर्बका बेला भिडभाड हुने भएकाले यात्रु स्वयम पनि सचेत रह्नुपर्ने छलफलका सहभागीले बताए ।

TOP