जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको कृषिजन्य बस्तुको गुणस्तरीता र बजारीकरणमा बिभागको चासो

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलामको कृषिजन्य बस्तुको गुणस्तरीता र बजारीकरणमा बिभागको चासो

फिक्कल: इलाममा उत्पादित कृषिजन्य बस्तुको गुणस्तरीता र बजारीकरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले चासो देखएको छ ।इलाममा उत्पादित छुर्पी, घीउँ , ललिपप, , चिज, अकबरे खुर्सानी जस्ता कृषिजन्य बस्तुको गुणस्तरीयता र बजारीकरणमा बिभागले चासो देखाएको हो ।
आईतबार उद्योग बाणिज्य महासंघ प्रदेश १ ले आयोजना गरेको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशक मनिता जोसी बैद्यले स्थानीय उत्पादनको गुणस्तरीयता र बजारीकरण बारे सरोकारवाला संग जानकारी लिनु भएको छ । महानिर्देशक सहित बिभागको प्राविधिक टोलीले दुग्धजन्य र कृषिजन्य बस्तुको गुणस्तरीयता कायम गर्नका लागि किसान र उद्योगीलाई सुझाव समेत दिएको छ ।
महानिर्देशक बैद्यले किसानले उत्पादन गरेका हरेक बस्तुमा गुणस्तरीयता कायम भए मात्र बजारीकरणमा सहज हुने बताउनु भयो । उहाले भन्नु भयो‘इलामको कृषिजन्य उत्पादनलाई इलामको पहिचान झल्कने गरी ब्राण्डिङ गर्नु पर्छ अनि मात्र बजारीकरणमा सहज हुन्छ ।’ महानिर्देशक बैद्यले बिभागले कृषिजन्य बस्तुको पहिचान गरी ब्राण्डिङ गर्ने तयारी भैरहेको जानकारी समेत दिनु भयो । उहाले बिशेष गरेर बिश्व बजारमा निर्यात भैरहेको छुर्पीको ब्राण्डिङ गर्न बिभाग लागि परेको जानकारी दिनु भयो । अमेरीका सहितका तेस्रो देशमा छुर्पी डग फुड(कुकुरको आहार)का रुपमा निर्यात भैरहेको छ । नेपालबाट बार्षिक दुई अर्वको छुर्पी बिदेश निर्यात हुँदै आएको बिभागले जनाएको छ । ‘डेरी उद्योग सम्बन्धी निर्देशीका बनेको छ अव स्वच्छन्दता अध्ययन गर्न जरुरी छ’ महानिर्देशक बैधले भन्नु भयो ।
उक्त कार्यक्रममा स्थानीय डेरी उद्योग संचालक तोया महतले बिभागले उद्योगलाई दिने अवज्ञा पत्र(र्लासेन्स लगायत झन्झटीला प्रक्रियाले उद्योगीलाई समस्या भएको बताउनु भयो । उहाले दिर्घकालिन बजारको टुंगो नहुँदा बेलाबेला उत्पादित बस्तुले बजार नपाउने गरेको बताउनु भयो । उहाले छुर्पीको सेम्पल टेष्ट गर्नका लगि बिराटनगर जाने झन्झट अन्त्य गर्न बिभालाई आग्रह गर्नु भयो । स्थानीय डेरी उद्योगी जगत महतले छुर्पीमा जेष्ट महिना देखि असोज सम्म फंगस लाग्ने समस्याका कारण छुर्पी बिग्रीएर ब्यवसायी पलायन हुने अवस्थामा पुगेको बताउनु भयो । ब्यवसायीले गुणस्तरीय छुर्पी उत्पादनका लागि प्रविधिमा जोड्न बिभागर्ला माग समेत गरेका छन् ।
बिगत १५ बर्ष देखि अकबरे खोर्सानी उत्पादन गर्दै आउनु भएका किसान मदन राईले बिगत दुई बर्ष देखि अकबरेको उत्पादन अत्यान्तै बृद्धि भए पछि बजारको समस्या भएको बताउनु भयो । उहाका अनुासार २५० रुपियाँ प्रतिकिलो बिक्दै आएको अकबरे यसपालिको सिजनमा ८० रुपियाँ प्रतिकिलोमा झरेको छ । उहाले भन्नु भयो ‘सबै पक्षले उत्पादनमा मात्र जोड दिए, बजारीकरणमा कैसैले ध्यान दिएन ।’
भारतीय बजारबाट सस्तो मुल्यमा आउने अकबरेका कारण इलाममा उत्पादन भएको अकबरेले बजार नपाएको किसानको गुनासो छ । उपभोक्ताले सस्तो खोज्ने तर भारतको भन्दा नेपालको अकबरे अलि मंहगो हुँने भएपछि बजारमा समस्या आएको अकबरे उत्पादक किसानले बताएका छन् । इलाम नामसालिङका किसान सुरेस भट्टराईले बिषादी प्रयोगका कारण अकबरेको बजार खस्कीएर गएकाले बिषादी नियन्त्रणमा ध्यान दिन आग्रह गर्नु भयो ।
दुग्धजन्य बस्तु ललिपप , चिजमा समेत मिसावटाका कारण बजारीकरण अर्गानिक बस्तु उत्पादन गर्ने ब्यवसायी र बिसानलाई समस्या पर्दै आएको छ ।
बिभागले इलामका सबै क्षेत्रका किसान तथा ब्यवसायी संग छलफल गरेर गुणस्तरीयता र बजारीकरणमा सहयोग गर्ने जनाएको छ । बिभागले कृषिजन्य केहि बस्तुको तत्कालै ब्राण्डीङ गर्नका लागि समेत पहल थाल्ने भएको छ ।
सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका महासचिब तोयानाथ भट्टराईले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा ब्यवसायी , किसान सहित सरोकारवालाको सहभागीता थियो ।

TOP