जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको बरबोटेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलामको बरबोटेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


फिक्कल: जिल्ला प्रहरी कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालय इलामको संयुक्त आयोजनाम इलाम नगरपालिका ५ स्थित अमर माध्यमिक बिद्यालय बरबोटेमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालयका प्रधानाध्यापक सोमनाथ निरौलाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेको प्रमुख आतिथ्यतामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत यादव राउत, प्रहरी निरीक्षक प्रदिप सुबेदी सहित उक्त बिद्यालयका शिक्षक शिक्षिका,बिद्यार्थीको सहभागीता रहेको कार्यक्रममा लागु औषध, साईवर अपराध, बालबालिका माथि हुनसक्ने सम्भाव्य हिंसा तथा अपराध र कानूनी व्यवस्था हिंसाबाट बच्ने उपाय, सडक सुरक्षा र संकेत लगायतको बिषय बस्तुमा प्रशिक्षण दिईएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले कार्यक्रमको बिषयमा जानकारी गराउनुका साथै साईवर अपराध, बालिका माथि सुरक्षित र असुरक्षित छुवाई ९क्बाभरन्ययम त्यगअज ७ ग्लकबाभरद्यबम त्यगअज० बिषयमा जानकारी गराउनु भएको थियो । जिल्ला प्रशासन कार्यालय इलाम प्रशासकीय अधिकृत यादव राउतले लागु औषधबारे जानकारी गराउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदिप सुबेदीले बिद्यार्थीलाई प्रशिक्षण दिनु भएको थियो ।

TOP