प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सुवास नेम्वाङ विरुद्ध स्वतन्त्र उम्मेद्धारी दिने खनालको घोषणा

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
सुवास नेम्वाङ विरुद्ध स्वतन्त्र उम्मेद्धारी दिने खनालको घोषणा

इलाम : लामो समयदेखि सुवास नेम्बाङलाई जिताउन लागिपरेका इलामका केशव खनाल यस पटक भने नेम्बाङ बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिने भएका छन । पटक पटक चुनाव जितेर पनि नेम्बाङले इलामको क्षेत्र नं। २ लाई विकास गर्न नसकेको भन्दै स्वतन्त्रबाट नेम्बाङसँग चुनाव लड्ने भएका हुन ।

यस क्षेत्रबाट चुनाव जितेर गएर राष्ट्रको मुख्य पोस्टमा पुगे पनि चुनाव जितेको क्षेत्रमा विकास गर्न नसकेको कारण अव नयाँ पुस्ता अघि बढ्नु पर्ने भन्दै चुनाव लड्ने घोषण गरेका हुन । ‘मैले नेम्बाङलाई चिन्दा देखि बेलासेको पुल र २ नं. क्षेत्रमा एउटा पनि बिजुलीको पोल थिएन भनेर भाषण गरेका नेम्बाङ अहिले पनि त्यही भाषण गर्छन् खनालले भने, ‘२५ वर्षमा पनि एउटै भाषण दोर्यायाईरहने कस्तो काम गरेछन् आफै बुझ्नु भन्दै माई नगरपालिकामा एक दुई वटा पुल बनाएका छन तर अन्य क्षेत्रमा भने न बाटो छ न पुल नै बिरामी हुँदा त्यहाँका जनता मर्नुपर्ने अवस्था छ ।’ ‘अहिले पनि इलामको क्षेत्र नं २ कर्णाली नै छ, खनालले भने नेम्बाङले जिते सम्म अझै पनि त्यहाँको विकास नहुने भन्दै अव देश विकासका लागि युवा अघि बढ्नुको विकल्प छैन ।’

इलामको क्षेत्र नं २ को फाकफोकथुममा जाँनुहोस त्यहाँ जाँदै गर्दा त्यहाँको विकास देखेर यति पिडा हुन्छ, त्यस क्षेत्रमा जान २५ वर्ष लगाएर बनाएको दोवानको एउटा पुल पनि खोलाले बगाएको छ, बाटोको स्थिति कुरै नगरौ राँके रबि सडकको अवस्था सबैले देखेकै छ अहिले सम्म बिजुलीको पोल छैन’ खनालले भने, ‘त्यही क्षेत्रबाट चुनाव जितेका नेम्बाङले पहिले कर्णाली थियो भनेर भाषण गर्दे गर्दा अहिले पनि कर्णाली नै छ भनेर कहिले पनि महसुस भएन र उहाँले अब गर्न सक्नुहुन्न भनेर इलामको २ नं। क्षेत्रमा उम्मेदवारी दिँदै छु ।’
अव उहाँ शारीरिक रुपमा पनि पाको भइसक्नु भएको र एउटै भाषणले २५÷३० वर्ष त्यस क्षेत्रमा जितायौँ अव पनि जिताउने कारण कुनै पनि नभएको भन्दै मलाई जिताउनु भयो भने यो क्षेत्र कर्णाली थियो भन्ने चाहिँ उच्चारण गर्नु नपर्ने बनाउने खनालले बताए । उनले आफूले जितेको खण्डमा सडक, विजुली, पक्की पुल, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले इलामको क्षेत्र नं २ को विकासमा युवा नलागी परिवर्तन नहुने भन्दै सबै युवा एक भएर लाग्न आव्हान गरेका छन ।

विक्रम संवद २०३६ सालमा जन्मिएका खनाल बुढा नेताले गरेको हेरिसकेको अब युवाले गर्नुपर्ने बताउँछन्। आफु जन्मेको ठाउँ विकास हुन नसकेपछि विकासकै लागि आफूले उम्मेदवारी दिने खनालको भनाई छ । हाल समेत राँके रवि सडक निर्माणमा जनप्रतिनिधिले प्रश्न नउठाएको, नेपाल टार मङ्गलवारे पक्की सडक कच्चीमा परिणत हुनै लाग्दा समेत सुवासचन्द्र नेम्बाङ र सो क्षेत्रका जनप्रतिनिधि हेरेर नै बसेका कारण पनि सो क्षेत्रमा विकास हुन नसकेको उहाँको भनाई छ ।

साथै स्वास्थ्य क्षेत्रमा विकास हुन नसकेको, पर्यटन प्रवर्द्धनमा काम नभएको र समग्रमा विकास अघि बढाउन सो क्षेत्रका नेता लागि नपरेका कारण आफूले उम्मेदवारी दिन लागेको उनी बताउछन् । कसैसँग प्रतिष्पर्दा भन्दा नि इलाम क्षेत्र नम्बर दुईका बासिन्दाले मत दिए भने विकासका लागि आफू तल्लीन हुने उनको भनाई छ । खनाल समेत नेकपा एमाले इलामको बिभिन्न पदमा रहेर काम गर्दै आएका छन ।

२०५३ सालमा एमालेको विद्यार्थी संगठन अखिलको इलाम नगरपालिकाको संस्थापक कोषाध्यक्ष भएर काम गरे । नेकपा एमाले इलामकै उद्योग तथा वाणिज्य बिभागको जिल्ला सदस्य समेत भै सकेका खनाल पछिल्लो समय एमाले इलाम नगरपालिका नगरकमिटी सचिवालय सदस्य पदबाट राजिनामा दिइसकेको बताउँछन । ब्यवसाय तथा राजनितिसँगै सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय खनालको नेपाल बन्दमा इलामलाई बन्दमुक्त बनाउन महत्वपूर्ण भुमिका मानिन्छ । सन्दकपुर अनलाईनबाट

TOP