प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलाममा कार्यरत दिनेश ‘उत्कृष्ट ट्राफिक प्रहरी ’घोषित

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
इलाममा कार्यरत दिनेश ‘उत्कृष्ट ट्राफिक प्रहरी ’घोषित

फिक्कल : इलामको बिब्ल्याटेमा कार्यरत प्रहरी सहायक हवलदार दिनेश भट्टराई साउन महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । विभागीय नीति निर्देशन बमोजिम व्यवसायिक ढंगले डयुटीमा खटिएको भन्दै प्रदेश ट्राफिक प्रहरी कार्यालयले उत्कृष्ट घोषित गरेको हो ।

ट्राफिक व्यवस्थापन मिलाउने क्रममा यत्रतत्र पार्किङ गरी राखिएको सवारी साधनलाई व्यवस्थित गर्ने कार्यमा निरन्तर सक्रियता देखाएको, सवारी दुर्घटना, ट्राफिक व्यवस्थापनका लागि सचेतनामुलक कार्यक्रम संचालन गरी नागरिकसंग समन्वय र अन्तरक्रिया गरेको जनाइएको छ ।

कार्यालय प्रमुख प्रहरी उपरिक्षक श्यामकुमार महतोले जारी गरेको सम्मानपत्रमा सेवाग्राही प्रति मुस्कान सहितको सेवा प्रदान गरी नागरिकहरुलाई प्रहरीलाई हेर्ने दृष्टिकोण सकारात्मक सोचको विकास गराउने कार्य गरेको जनाइएको छ ।

TOP