जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको टुँडिखेलको बारेमा प्रधानसेनापतिसंग छलफल

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलामको टुँडिखेलको बारेमा प्रधानसेनापतिसंग छलफल

इलाम : इलाम नगरपालिकाका जनप्रतिनिधिहरुले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासंग भेटघाट गरेका छन् । नगर प्रमुख केदार थापाको नेतृत्वमा उपप्रमुख विष्णु दहाल लिम्बु र वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठले भेट गरेका हुन् । भेटका क्रममा इलाम सदरमुकाममा रहेको ठुलो टुँडिखेलको संरचनाको बारेमा छलफल भएको जनाइएको छ ।

जनप्रतिनिधिहरुले टुँडिखेलको संरचनालाई यथावतै राखी रंगशाला निर्माण गर्न स्थानीय, प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन गर्नका लागि पहल गर्ने जनाए । नगरपालिकाको कार्यमा नेपाली सेनाले पनि सहयोग गर्न प्रतिवद्द रहेको जनाइएको छ । त्यसैगरी इलामको समग्र खेलकुद विकासको लागि नगरपालिकाले राष्ट्रिय खेलकुद परिषदसंग समेत छलफल गरेको छ ।

नगर प्रमुख सहितको टोलीले राखेप सदस्यसचिव टंकलाल घिसिङसंग भेट गरि इलाम खेलकुद विकास समितिमा रहेको विभिन्न विधाका खेल प्रशिक्षकहरु उपलब्ध गराउन माग राखेका छन् । साथै इलाममा राष्ट्रिय स्तरको रक क्लाम्बिङ तथा ब्याडमिन्टन खेल प्रतियोगिता संचालन गर्ने सहमति भएको नगर प्रमुख केदार थापाले बताए ।

TOP