कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको टुँडिखेलको बारेमा प्रधानसेनापतिसंग छलफल

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
इलामको टुँडिखेलको बारेमा प्रधानसेनापतिसंग छलफल

इलाम : इलाम नगरपालिकाका जनप्रतिनिधिहरुले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासंग भेटघाट गरेका छन् । नगर प्रमुख केदार थापाको नेतृत्वमा उपप्रमुख विष्णु दहाल लिम्बु र वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठले भेट गरेका हुन् । भेटका क्रममा इलाम सदरमुकाममा रहेको ठुलो टुँडिखेलको संरचनाको बारेमा छलफल भएको जनाइएको छ ।

जनप्रतिनिधिहरुले टुँडिखेलको संरचनालाई यथावतै राखी रंगशाला निर्माण गर्न स्थानीय, प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन गर्नका लागि पहल गर्ने जनाए । नगरपालिकाको कार्यमा नेपाली सेनाले पनि सहयोग गर्न प्रतिवद्द रहेको जनाइएको छ । त्यसैगरी इलामको समग्र खेलकुद विकासको लागि नगरपालिकाले राष्ट्रिय खेलकुद परिषदसंग समेत छलफल गरेको छ ।

नगर प्रमुख सहितको टोलीले राखेप सदस्यसचिव टंकलाल घिसिङसंग भेट गरि इलाम खेलकुद विकास समितिमा रहेको विभिन्न विधाका खेल प्रशिक्षकहरु उपलब्ध गराउन माग राखेका छन् । साथै इलाममा राष्ट्रिय स्तरको रक क्लाम्बिङ तथा ब्याडमिन्टन खेल प्रतियोगिता संचालन गर्ने सहमति भएको नगर प्रमुख केदार थापाले बताए ।

TOP