अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा कांग्रेसका ९ जनाको नाम सिफारिस
Hamropalika menu advertisement

डेढ बर्ष देखि सुनसान पशुपतिनगर

  • प्रकाशित मितिः January 11, 2026
  • हाम्रो पालिका
डेढ बर्ष देखि सुनसान पशुपतिनगर

प्रेम अधिकारी ,पशुपतिनगर(इलाम)

इलामको सीमावर्ती पशुपतिनगर बजार डेढ बर्ष देखि शुनसान छ । नेपालमा कोरोना संक्रमण शुरु भएर लकडाउन भए यता भारतीय र बंगाली पर्यटले भरीभराउ हुँने शपुपतिनगर बजार शुनसान बनेको हो । आयात निर्यातको केन्द्रको रुपमा रहेको पशुपतिनगर बजार कोरोना संक्रमण पछि बन्द जस्तै भएको छ । प्राय सटरहरु बन्द नै रहने गरेका छन । लामो समयको बन्दाबन्दी र मानिसको आवातजावात हुँन छोडेपछि सटर भाडामा लिएर ब्यवसाय संचालन गर्दे आएका ब्यपारीहरु पलायन हुँन थालेका छन । लामो समय भाडा मात्र तिरेर बसीरहनु पर्ने भए पछि ब्यवसायी पेशाबाटै पलायन हुँन थालेका हुँन । बाह्ै महिना चिसो मौषम हुँने र हुस्सु लागि रहने गरेका कारण सरसामान गोदाममै बिग्रीएको ब्यवसायी कबिता राईले जानकारी दिनु भयो । गोदाममै सामान बिग्रीए पछि लाखौ घाटा हुँने गरेको ब्यवसायी राईले बताउनु भयो ।
सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईका अनुासर लकडाउन यतामात्र ठूलो ब्यवसाय संचालन गर्दै आएका ८÷१० जना ब्यवसायीले पशुपतिनगर छोडी सकेका छन् । राईले भन्नु भयो ‘कुनै उपाय नचलेपछि ब्यवसायी हिड्न थालेका हुँन, यो क्रम अझै जारी रहन्छ ।’ब्यवसायीक केन्द्रका रुपमा कहलिएको पशुपतिनगर बजारका स्थानीयको मुख्य पेश ब्यवसाय नै हो । तर, लामो बन्दाबन्दी पछि ब्यवसाय ठप्प छ । ब्यवसाय ठप्प हुँदा उनीहरु बैकल्पिक पेशा खोज्न थालेका छन् ।
भरतीय र बंगाली पर्यटककै भरमा चलेको पशुपनिनगर बजारमा मिरिक , दार्जिलिङ जाने नेपाली पर्यटकको समेत बाक्लो भिड्भाड हुँने गरेको थियो । बन्दाबन्दीका कारण लताकपडा ब्यवसायी , होटल ब्यवसायी र यातायत ब्यवसायी सबै भन्दा धेरै पीडित भएको स्थानीय ब्यवसायी तथा पूर्व सांसद लिलादेबी श्रेष्ठले बताउनु भयो । श्रेष्ठले बैकल्पिक ब्यवस्था नभए बजार बासी भोकै बन्नु पर्ने दिन आउन सक्ने बताउनु भयो । श्रेष्ठले सानोतिनो ब्यवसाय गर्नेलाई हातमुख जोर्न समस्या पर्न थालेको र ठूला ब्यवसायीलाई बैङको ब्याजले समास्यामा पारेको बताउनु भयो । ‘कारोबार छैन,कतिदिन रुघेर बस्ने? बैकल्पिक ब्यवस्था नभए निक्कै अप्ठ्यारो भैसक्यो’ श्रेष्ठले भन्नु भयो ।
पशुपतनगर भएर नेपालको चाउचाउ, चुरोट , घिउ, छुर्पी अकबरे भारत जाने गरेको छ । त्यस्तै चाईना र सिंगापुुर हुँदै नेपाल भित्रिएको ओखर , चकलेट र कष्मेटीक आईटम भारत जाने गरेको छ । उक्त नाका भएर भारतबाट खाद्यान्न लगायतका सामग्री नेपाल भित्रिीने गरेको थियो । अलँची, कुचो र अदुवा जस्ता नगदेबाली भने काकडभिट्टा नाका भएर मात्र भारत लैजाने गरिएको छ ।
बन्दाबन्दी संगै दुई देश बिचको आउजाउ र सामान ओसारपसार ठप्प छ । पशुपतिनगर नाका भएर अहिले नेपालमा उत्पादन भएको सागसब्जी मात्र भारत जाने गरेको छ । भन्सार कार्यालय पशुपतिनगरका नायव सुब्बा उद्यव गौतमका अनुसार भन्सार काटेर सागसब्जी भारत निकासी भैरहेको छ । उहाका अनुसार स्कुस मात्र अहिले भन्सार काटेर निकासी भैरहेको छ । एक पटक सागसब्जी निकासी गर्दा १ सय १३ रुपियाँ मात्र भन्सारमा ब्यवसायीले तिर्नु पर्छ । गौतमले भन्नु भयो ‘सागसब्जी निकासीमा सहुलीयत भन्सार दर भएका कारण पनि ब्यवसायीलाई सहज छ ।’

पशुपतिनगर भन्सारले अघिल्लो साउन महिनामा सागसब्जी निर्यात र सवारीसाधन लिलामीबाट ३ लाख ९० हजार ९२ रुपियाँ मात्र राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । दैनिक भन्सार नकाटिदा राजश्व असुली कम हुँदै गएको हो । कार्यालयले गत आर्थिक बर्षमा १ करोड २ हजार ७ सय रुपियाँ मात्र राजश्व संकलन गरेको थियो । यो लक्ष्य अनुासर ६० प्रतिशत मात्र रहेको छ ।
नेपाल तर्फ भन्सार कार्यालय भए पनि भारत तर्फ भन्सार कार्यालय नहुँदा नेपाली ब्यवसायीले थप समस्या झेल्दै आउनु परेको छ । नेपाली ब्यवसायीले भारतमा भन्सार कार्यालय स्थापना गर्न बर्षौ देखि माग गर्दे आएको पूर्व सांषद लिलादेबी श्रेष्ठले बताउनु भयो । गोरखापत्र दैनिकबाट

TOP