जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

प्रधानमन्त्रीको कदम बिरुद्ध इलाम बजारमा माधव-प्रचण्ड समुहको मशाल जुलुस

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
प्रधानमन्त्रीको कदम बिरुद्ध इलाम बजारमा माधव-प्रचण्ड समुहको मशाल जुलुस


इलाम: प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको राष्ट्रिय युवा संघ र अनेरास्ववियू इलामले विरोध गर्दै मशाल जुलुस निकालेका छन् । इलाम सदरमुकाममा नेकपा निकटका युवा र विद्यार्थी प्रधानमन्त्रीले जनादेशको उपेक्षा गर्दै संसद विघटन गर्नु गलत भएको भन्दै आन्दोलित भएका हुन् ।

इलामको टुडिखेलबाट मशाल जुलुुसका सहभागीहरुले तानाशाह मुर्दावाद, संसद विघटनको निर्णय खारेज गर, असंवैधानिक कदम खारेज गर लगायतका नारा लगाएका थिए । जुलुस चोक बजारमा पुगेर कोणसभा परिणत भएको थियो । कोणसभा लाई अनेरास्ववियु इलाम जिल्ला कमिटी सदस्य दिनेश ढकाल,नेकपा जिल्ला कमिटी सदस्य प्रकाश परियार युवा संयोजक महेश तिवारी,नेकपा जिल्ला कमिटी सदस्य तथा युवा सह संयोजक बिक्रम लिम्बू र नेकपा जिल्ला कमिटी सदस्य पेमा उगेन लामाले सम्बोधन गरेका थिए ।

वक्ताहरुले प्रधानमन्त्रीको सनक र रवैयाका कारण मुलुक संकटमा परेको बताए । उनीहरुले असंवैधानिक कदम खारेज गरेर जनताको जनादेशको कदर गर्न आग्रह गरे ।

TOP