प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

प्रधानमन्त्रीको कदम बिरुद्ध इलाम बजारमा माधव-प्रचण्ड समुहको मशाल जुलुस

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
प्रधानमन्त्रीको कदम बिरुद्ध इलाम बजारमा माधव-प्रचण्ड समुहको मशाल जुलुस


इलाम: प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको राष्ट्रिय युवा संघ र अनेरास्ववियू इलामले विरोध गर्दै मशाल जुलुस निकालेका छन् । इलाम सदरमुकाममा नेकपा निकटका युवा र विद्यार्थी प्रधानमन्त्रीले जनादेशको उपेक्षा गर्दै संसद विघटन गर्नु गलत भएको भन्दै आन्दोलित भएका हुन् ।

इलामको टुडिखेलबाट मशाल जुलुुसका सहभागीहरुले तानाशाह मुर्दावाद, संसद विघटनको निर्णय खारेज गर, असंवैधानिक कदम खारेज गर लगायतका नारा लगाएका थिए । जुलुस चोक बजारमा पुगेर कोणसभा परिणत भएको थियो । कोणसभा लाई अनेरास्ववियु इलाम जिल्ला कमिटी सदस्य दिनेश ढकाल,नेकपा जिल्ला कमिटी सदस्य प्रकाश परियार युवा संयोजक महेश तिवारी,नेकपा जिल्ला कमिटी सदस्य तथा युवा सह संयोजक बिक्रम लिम्बू र नेकपा जिल्ला कमिटी सदस्य पेमा उगेन लामाले सम्बोधन गरेका थिए ।

वक्ताहरुले प्रधानमन्त्रीको सनक र रवैयाका कारण मुलुक संकटमा परेको बताए । उनीहरुले असंवैधानिक कदम खारेज गरेर जनताको जनादेशको कदर गर्न आग्रह गरे ।

TOP