जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

जितपुरमा देउमाई चलचित्र पर्यटन महोत्सव हुँदै

  • प्रकाशित मितिः September 15, 2026
  • हाम्रो पालिका
जितपुरमा देउमाई चलचित्र पर्यटन महोत्सव हुँदै

अतित योङहाङ,इलाम :

इलामको देउमाई नगरपालिकामा देउमाई चलचित्र पर्यटन महोत्सव हुने भएको । ूपर्यटन प्रबर्द्धनका लागि सिनेमाू भन्ने नाराका साथ महोत्सब आयोजना हुने भएको हो । यहि वैशाख २९, ३० र ३१ गते सम्म महोत्सव आयोजना गरिने आयोजक नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले जानकारी दिए ।
कोशी प्रदेश सरकारले भरखरै कोशीमा कोशी पर्यटन वर्ष २०८२ घोषणा गरेको छ । सोही पर्यटन वर्षलाई समेत टेवा पुग्ने गरि महोत्सबहरु बाक्लो संख्यामा कोशीमा हुन थालेका छन् । नयाँ वर्ष सुरु भएसँगै पूर्वी पहाडी क्षेत्रमा पर्यटन प्रबर्द्धनजन्य कार्यक्रमहरु बाक्लो हुन थालेका छन् । कोशी प्रदेश सरकारले पनि यस्ता कार्यक्रमहरुको आयोजनाको आह्वान गरेको छ ।
गएको वैशाख १(४ मा मात्र देउमाईकै पानीटारमा देउमाई कृषि तथा पर्यटन महोत्सव २०८२ सम्पन्न भयो । इलाम पर्यटकीय जिल्ला हो । यहाँ यस्ता पर्यटनजन्य गतिविधि र कार्यक्रम वर्षेनी बाक्लो संख्यामा भईरहन्छन् । चियाबारीको राजधानीले परिचित जिल्ला इलाममा चलचित्र छाँयाङकन समेत बढिरहेको छ । अहिले देउमाईकै पानीटार क्षेत्रलाई निर्माता, निर्देशकले रोज्न थालेको छ । गएको २ वर्ष अघि मात्र चलचित्र ूकृष्ण लिलाू र ूम यस्तो गीत गाउँछु(२ू पानीटारमै छायाँकन भए ।

२९(३१ मा आयोजना हुने चलचित्र महोत्सबमा चलचित्र प्रर्दशनी, सांस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम, चलचित्र र पर्यटन सम्बन्धि अन्तर्क्रिया, सिनेमासम्बन्धि फोटो प्रर्दशनी, स्थानीय उत्पादनका स्टलहरु प्रर्दशनी गरिने आयोजकले जनाएको छ ।
महोत्सब अन्तर्गत सांस्कृतिक कार्यक्रममा चर्चित गायिका प्रिती आलेको प्रस्तुति रहने भएको छ । कार्यक्रममा अभिनेता सुवास मेचेको समेत प्रस्तुति र उपस्थिति रहने भएको छ । कलाकारहरु सविता रेग्मी, नवीन सुवेदी र बालकलाकार द्वितिका प्रधानको समेत प्रस्तुति रहने भएको छ ।

सिनेमा मार्फत इलामको पर्टटन प्रबर्द्धन गर्ने प्रमुख उद्देश्य राखिएको यो कार्यक्रमले इलामको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने अनुमान गरिएको छ । महोत्सबलाई स्थानीय जीतपुरे बजार व्यवस्थापन समिति र जितपुरे युवा क्लवले सहआयोजना गर्दैछन् ।

TOP