अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा कांग्रेसका ९ जनाको नाम सिफारिस
Hamropalika menu advertisement

कोरियाका लगानीकर्ताले पालिकामा लगानी गर्ने

  • प्रकाशित मितिः January 3, 2026
  • हाम्रो पालिका
कोरियाका लगानीकर्ताले पालिकामा लगानी गर्ने

पशुपतिनगर(इलाम)

दक्षिण कोरियाका लगानीकर्ताले इलाममा जिल्लाका स्थानीय पालिकाका बिभिन्न क्षेत्रमा लगानी गर्ने भएका छन् । कोशी प्रदेश सरकारको निमन्त्रणामा नेपाल आएको कोरीयाली प्रतिनिधि मण्डलले इलामका स्थानीय पालिका संग छलफल गरी कृषि, पर्यटन, पूर्वाधार, शिक्षा जस्ता क्षेत्रमा लगानी गर्ने भएको हो ।
दक्षिण कोरीया सरकारले पहिलो चरणमा कोशी प्रदेशका बिभिन्न क्षेत्रमा एक सय मिलियन डलर सहयोग गर्ने भएकोे छ । कोरीयामा रहेको कोरीया नेपाल इन्टरनेशनल एक्सचेन्ज एसोसिएसन मार्फत कोरीया सरकारले कोशी प्रदेशमा एक सय ३७ परियोजना संचालनका लागि उक्त लागनी गर्ने भएको जनाएको छ । नेपाल–कोरीया मैत्री भेटघाट तथा कोशीमा लगानी प्रवर्धन कार्यक्रम आयोजना गरी कोरीयाको प्रतिनिधि मण्डलले इलामको अन्तुमा एक कार्यक्रम आयोजना गरी लगानीका लागि पहिलो चरणमा छलफल गरेको छ ।
कोरीया नेपाल इन्टरनेशनल एक्सचेन्ज एसोसिएसनका अन्तराष्ट्रिय अध्यक्ष सृजना नेपालीले कोशी प्रदेश सरकारको निमन्त्रणमा उक्त टोली नेपाल आएको जानकारी दिदै आगामी बैशाख १८ र १९ गते बिराटनगरमा कोशी प्रदेश लगानी सम्मेलन गरी आर्थिक सहयोगको प्रस्ताव गरीने जानकारी दिनु भयो । कोरीया सरकारले कृषि , पर्यटन , शिक्षा र पानीजहाज जस्ता क्षेत्रमा लागनी गर्ने उहाले जानकारी दिनु भयो । जस अनुसार कोशी प्रदेशमा एउटा पानीजहाज बिश्वबिद्यालय संचालन गरीने प्रस्ताव गरीएको छ । कोरीयाले नेपाल–बंगलादेश पानीजहाज सेवा संचालनको योजना अगाडी सारेको छ । कोशी प्रदेशका उत्पादन मुलक क्षेत्रमा लगानी गरी उत्पादन भएको बस्तु बंगलादेश र चाईना निर्यात गर्ने गरी काम गर्ने योजना प्रदेश सरकार समक्ष पेश गरीएको अध्यक्ष नेपालीले जानकारी दिनु भयो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना राम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोरिया नेपाल अन्तराष्ट्रिय एक्चेन्ज एशोशिएसनकी संयोजक नेपाली, कोरियाका लगानीकर्ताहरु केआइएम यङसु, योउन जंगसन, पार्क हाइसु, चोइ निकोन सीक, केआइएम कवान यङ, जंगयन जिन, लिजंग चुल,स्को जिन सु, किम मिएइ रहनु भएको थियो । त्यस्तै कोरिया नेपाल अन्तराष्ट्रिय एक्चेन्ज एशोशिएसनका नेपाल राष्ट्रिय प्रतिनिधि प्रदीप घिमिरे, लगानीकर्ताका कोडिनेटर मेदनी अधिकारी, युवराज अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा इलामको सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राई, इलाम नगरपालिकाका प्रमुख केदार थापा, माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे, सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल , राष्ट्रिय कृषक महासंघ कोशी अध्यक्ष कुशुम दाहाल लगायतको सहभागीता रहेको थियो । सूर्योदय नगर प्रमुख राईले प्रांगारिक मल कारखाना स्थापना, पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार निर्माण, कृषि उत्पादनका लागि प्रविधिको विकास, प्रविधिमैत्री कृषि प्रणाली र प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन लगायतका विषयमा कोरियाली टोलीसँग छलफल भएको जानकारी दिनु भयो ।

TOP