प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

कोरियाका लगानीकर्ताले पालिकामा लगानी गर्ने

  • प्रकाशित मितिः October 14, 2026
  • हाम्रो पालिका
कोरियाका लगानीकर्ताले पालिकामा लगानी गर्ने

पशुपतिनगर(इलाम)

दक्षिण कोरियाका लगानीकर्ताले इलाममा जिल्लाका स्थानीय पालिकाका बिभिन्न क्षेत्रमा लगानी गर्ने भएका छन् । कोशी प्रदेश सरकारको निमन्त्रणामा नेपाल आएको कोरीयाली प्रतिनिधि मण्डलले इलामका स्थानीय पालिका संग छलफल गरी कृषि, पर्यटन, पूर्वाधार, शिक्षा जस्ता क्षेत्रमा लगानी गर्ने भएको हो ।
दक्षिण कोरीया सरकारले पहिलो चरणमा कोशी प्रदेशका बिभिन्न क्षेत्रमा एक सय मिलियन डलर सहयोग गर्ने भएकोे छ । कोरीयामा रहेको कोरीया नेपाल इन्टरनेशनल एक्सचेन्ज एसोसिएसन मार्फत कोरीया सरकारले कोशी प्रदेशमा एक सय ३७ परियोजना संचालनका लागि उक्त लागनी गर्ने भएको जनाएको छ । नेपाल–कोरीया मैत्री भेटघाट तथा कोशीमा लगानी प्रवर्धन कार्यक्रम आयोजना गरी कोरीयाको प्रतिनिधि मण्डलले इलामको अन्तुमा एक कार्यक्रम आयोजना गरी लगानीका लागि पहिलो चरणमा छलफल गरेको छ ।
कोरीया नेपाल इन्टरनेशनल एक्सचेन्ज एसोसिएसनका अन्तराष्ट्रिय अध्यक्ष सृजना नेपालीले कोशी प्रदेश सरकारको निमन्त्रणमा उक्त टोली नेपाल आएको जानकारी दिदै आगामी बैशाख १८ र १९ गते बिराटनगरमा कोशी प्रदेश लगानी सम्मेलन गरी आर्थिक सहयोगको प्रस्ताव गरीने जानकारी दिनु भयो । कोरीया सरकारले कृषि , पर्यटन , शिक्षा र पानीजहाज जस्ता क्षेत्रमा लागनी गर्ने उहाले जानकारी दिनु भयो । जस अनुसार कोशी प्रदेशमा एउटा पानीजहाज बिश्वबिद्यालय संचालन गरीने प्रस्ताव गरीएको छ । कोरीयाले नेपाल–बंगलादेश पानीजहाज सेवा संचालनको योजना अगाडी सारेको छ । कोशी प्रदेशका उत्पादन मुलक क्षेत्रमा लगानी गरी उत्पादन भएको बस्तु बंगलादेश र चाईना निर्यात गर्ने गरी काम गर्ने योजना प्रदेश सरकार समक्ष पेश गरीएको अध्यक्ष नेपालीले जानकारी दिनु भयो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना राम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोरिया नेपाल अन्तराष्ट्रिय एक्चेन्ज एशोशिएसनकी संयोजक नेपाली, कोरियाका लगानीकर्ताहरु केआइएम यङसु, योउन जंगसन, पार्क हाइसु, चोइ निकोन सीक, केआइएम कवान यङ, जंगयन जिन, लिजंग चुल,स्को जिन सु, किम मिएइ रहनु भएको थियो । त्यस्तै कोरिया नेपाल अन्तराष्ट्रिय एक्चेन्ज एशोशिएसनका नेपाल राष्ट्रिय प्रतिनिधि प्रदीप घिमिरे, लगानीकर्ताका कोडिनेटर मेदनी अधिकारी, युवराज अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा इलामको सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राई, इलाम नगरपालिकाका प्रमुख केदार थापा, माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे, सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल , राष्ट्रिय कृषक महासंघ कोशी अध्यक्ष कुशुम दाहाल लगायतको सहभागीता रहेको थियो । सूर्योदय नगर प्रमुख राईले प्रांगारिक मल कारखाना स्थापना, पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार निर्माण, कृषि उत्पादनका लागि प्रविधिको विकास, प्रविधिमैत्री कृषि प्रणाली र प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन लगायतका विषयमा कोरियाली टोलीसँग छलफल भएको जानकारी दिनु भयो ।

TOP