Hamropalika menu advertisement

जस्बीरे चिया उद्योगमा आगलागी हुदा करोडको क्षति

  • प्रकाशित मितिः August 31, 2026
  • हाम्रो पालिका
जस्बीरे चिया उद्योगमा आगलागी हुदा  करोडको क्षति

इलाम: इलामको जस्जबीरेमा सञ्स्बिचालनमा रहेको जस्बीरे चिया प्रशोधन उद्योगमा आगलागी हुँदा सात करोड क्षति भएकाे अनुमान गरिएकाे छ । आगलागीबाट उद्योगका सबै मेशिन, तयारी चिया र भवन पूरै नष्ट भएको छ ।

मंगलबार साँझ अचानक उद्योगमा एक्कासि आगो लागेको र नियन्त्रण भन्दा बाहिर गएको थियो । आगो के कारणले लाग्यो भन्ने खुल्न नसकेपनि विद्युत् सर्ट भएको अनुमान छ ।

आयो निभाउन इलाम नगरपालिकाबाट वारुणयन्त्र त्यसतर्फ लागेको छ । स्थानीयले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको छैन । ‘उद्योग करिब–करिब पूर्ण रूपमा जलिसकेको छ,’ उनले भने, ‘दमकल आइपुगेको छैन, दमकल नआउँदा हामीले कुनै उपाय लगाउन सकेका छैनौं ।’

यो चिया उद्योगका सञ्चालन सरद सुब्बा केही महिनाअघि काठमाडौंमा आयोजित ‘नेपाल टी च्याजेन्ज २०२४’ मा नेपालका चिया उत्पादकहरूको प्रतिस्पर्धामा नेपालकै ‘बेस्ट टि मेकर’ घोषित भएका थिए ।

उद्योगमा ‘स्पेसल टी’मात्रै उत्पादन हुन्थ्यो । यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुनेगरेको थियो ।

यहाँ उत्पादित चिया नेदरल्यान्ड, अमेरिका, डेनमार्क, फ्रान्सलगायत देशमा निर्यात हुन्थ्यो भने माग धान्न नसकिएको सुब्बाले बताएका थिए । उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्नेगरेको थियो ।इलाम आवाजबाट

TOP