जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

नयाँबजारमा बालाचतुर्दशी मेला

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
नयाँबजारमा बालाचतुर्दशी मेला

फिक्कल: इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा परम्परागत रुपमा लाग्दै आएको बालाचतुर्दशी मेला लागेको छ । परम्परागत रुपमा लाग्दै आएको बालाचतुर्दशी मेलाको अवसरमा नयाँबजारमा रहेको शिव मन्दिरमा दर्शनार्थीको घुईचो लागेको छ । मन्दिरमा सतबिउ छर्ने दर्शनार्थीको भिड लागेको मेला आयोजक समितिका प्रचा संयोजक बिनु खड्काले जानकारी दिनु भयो ।
बालाचतुर्दशीको अवसरमा माईजोगमाई ५ मा रहेको मलु पोखरीबाट जल यात्रा गरीएको थियो । मलु पोखरीबाट ल्याएको जल शिव मन्दिरमा चढाइएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । मेलाको अवसरमा बिभिन्न जातजातीको झाकी पदर्शन गरीएको छ । राई , लिम्बु, लाप्चा। शेर्पा तामाङ लगायतका जातीको झाकी पदर्शन गरीएको मेला आयोजक समितिका अध्यक्ष मदन भण्डारीले जानकारी दिनु भयो । गाउँपालिका उपाध्यक्ष राईले भन्नु भयो‘पर्यटकीय स्थल अथाह भए पनि प्रचारप्रसारको अझै कमी छ, प्रचार प्रसार र पर्यटन पवर्धनका लागि मेला आयोजना गरीएको हो।’
९ गते देखि शुरु भएर १८ गते सम्म लाग्ने मेलामा रमाईलो मेला समेत आयोजना गरीएको छ । मेलाका स्थानीय कृषि उपजलाई प्रवर्धन गर्ने काम भएको गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिनु भयो ।‘पर्यटकीय स्थलमा भौतिक पूर्वाधारका काम धमाधम भैरहेका छन, अव प्रचार प्रसारको खाचो छ ’अध्यक्ष थेवेले भन्नु भयो ।
माईजोमाईको केन्द नयाँबजारमा शिव मन्दिर, देबी मन्दिर , उत्तरे पोखरी, रेडपाण्डाको प्रतिमा , यलम्बरको प्रतिमा र बौद्ध गुम्बा जस्ता पर्यटकीय स्थल रहेका छन । यस्तै मलु पोखरी , माईबेनी , थुम्के रानी, जौवारी, तुम्लिङ, टंङ्लु , चित्रे गुम्बा जस्ता दर्जनौ पर्यटकीय स्थल रहेका छन । सन्त बालागुरुको पहलमा नयाँबजारमा २०११ साल देखि बालाचतुर्दशी मेला लागदै आएको छ ।

TOP