प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

नयाँबजारमा बालाचतुर्दशी मेला

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
नयाँबजारमा बालाचतुर्दशी मेला

फिक्कल: इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा परम्परागत रुपमा लाग्दै आएको बालाचतुर्दशी मेला लागेको छ । परम्परागत रुपमा लाग्दै आएको बालाचतुर्दशी मेलाको अवसरमा नयाँबजारमा रहेको शिव मन्दिरमा दर्शनार्थीको घुईचो लागेको छ । मन्दिरमा सतबिउ छर्ने दर्शनार्थीको भिड लागेको मेला आयोजक समितिका प्रचा संयोजक बिनु खड्काले जानकारी दिनु भयो ।
बालाचतुर्दशीको अवसरमा माईजोगमाई ५ मा रहेको मलु पोखरीबाट जल यात्रा गरीएको थियो । मलु पोखरीबाट ल्याएको जल शिव मन्दिरमा चढाइएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । मेलाको अवसरमा बिभिन्न जातजातीको झाकी पदर्शन गरीएको छ । राई , लिम्बु, लाप्चा। शेर्पा तामाङ लगायतका जातीको झाकी पदर्शन गरीएको मेला आयोजक समितिका अध्यक्ष मदन भण्डारीले जानकारी दिनु भयो । गाउँपालिका उपाध्यक्ष राईले भन्नु भयो‘पर्यटकीय स्थल अथाह भए पनि प्रचारप्रसारको अझै कमी छ, प्रचार प्रसार र पर्यटन पवर्धनका लागि मेला आयोजना गरीएको हो।’
९ गते देखि शुरु भएर १८ गते सम्म लाग्ने मेलामा रमाईलो मेला समेत आयोजना गरीएको छ । मेलाका स्थानीय कृषि उपजलाई प्रवर्धन गर्ने काम भएको गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिनु भयो ।‘पर्यटकीय स्थलमा भौतिक पूर्वाधारका काम धमाधम भैरहेका छन, अव प्रचार प्रसारको खाचो छ ’अध्यक्ष थेवेले भन्नु भयो ।
माईजोमाईको केन्द नयाँबजारमा शिव मन्दिर, देबी मन्दिर , उत्तरे पोखरी, रेडपाण्डाको प्रतिमा , यलम्बरको प्रतिमा र बौद्ध गुम्बा जस्ता पर्यटकीय स्थल रहेका छन । यस्तै मलु पोखरी , माईबेनी , थुम्के रानी, जौवारी, तुम्लिङ, टंङ्लु , चित्रे गुम्बा जस्ता दर्जनौ पर्यटकीय स्थल रहेका छन । सन्त बालागुरुको पहलमा नयाँबजारमा २०११ साल देखि बालाचतुर्दशी मेला लागदै आएको छ ।

TOP