पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना पालिका विशेष सूचना अर्थ वाणिज्य सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट अर्थ वाणिज्य चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने अर्थ वाणिज्य रोङका अभिभावकविहीन विद्यार्थीलाई मासिक २ हजार ‘उज्यालो भविष्य भत्ता’
Hamropalika menu advertisement

इलामको पशुपतिनगरको सीमा क्षेत्रबाट लैङ्घिक हिंसा बिरुद्दको १६ दिने अभियान शुरु

  • प्रकाशित मितिः August 19, 2026
  • हाम्रो पालिका
इलामको पशुपतिनगरको सीमा क्षेत्रबाट लैङ्घिक हिंसा बिरुद्दको १६ दिने अभियान शुरु

फिक्कल : इलामको सूर्योदय नगरपालिकाको सीमावर्ती पशुपतिनगरबाट लैङ्घिक हिंसा बिरुद्दको १६ दिने अभियान शुरु भएको छ ।
सोमबार पशुपतिनगरको सीमा क्षेत्रमा बिभिन्न कार्यक्रम आयोजना गरी अभियानको शुरुवात गरीएको हो ।सूर्योदय नगरपालिका मुल आयोजक समितिले निर्धारण गरेको १६ दिन १६ कार्यक्रम अन्र्तगत पहिलो दिन फाटकमा कार्यक्रम सम्पन्न गरीएको छ । नगरका १४ वटै वडामा प्रत्येक दिन बिभिन्न प्रकारका कार्यक्रम आयोजना गरीने सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शमखा प्रमुख तारा शेर्पाले जानकारी दिनु भयो ।
पशुपतिनगरमा वडा नंं.२ कार्यालय, माइती नेपाल र इलाका प्रहरी कार्यालय पशुपतिनगरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा लैङ्घिक हिंसा बिरुद्द हस्ताक्षर संकलन गरीएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गाकुमार बरालले हिंसा बिरुद्दको ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको शुभारम्भ गर्नु भयो । उहाले समाजमा चेतना स्तर बृद्धि गर्न सके मात्र हिंसाको अन्त्य गर्न सकिने बताउनु भयो ।
सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शमखा प्रमुख तारा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमका बक्ताले आफनो घरबाटै हिंसाको अन्त्य गर्न सके मात्र समाजबाट हिंसाको अन्त्य गर्न सकिनेमा जोड दिएका थिए ।
कार्यक्रममा माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकाल, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख छे फिन्जो भोटे, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष कमल गदाल, सूर्योदय नगरपालिका कार्यपालिका सदस्य सावित्रा शिवा, पार्टी प्रतिनिधि मिलन क्षेत्री, सोइजन शेर्पा लगायतले मन्तब्य राख्नु भएको थियो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख छे फिन्जो भोटेले तीन चरणमा १६ दिने अभियान संचालन गरीने जानकारी दिनु भयो । उहाले शिक्षा, शशक्तिकरण र कानुन कार्यान्वयन गरी तीन चरणमा कार्यक्रम गरीने जानकारी दिनु भयो ।कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी सुरक्षाकर्मी लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो । औपचारीक कार्यक्रम पछि पशुपतिनगरमा हिंसा बिरुद्दको रयाली निकालिएको थियो ।
१६ दिन सम्म वडा कार्यालयको संयोजनामा गरीने कार्यक्रम इलाका प्रहरी कार्यालय, माईती नेपाल, शक्ति समुह, महिला सिर्जना सहकारी, सूर्योदय महिला मंञ्च रेमी परियोजना आदिको सहकार्यमा सम्पन्न गरीने छ । लागुपर्दाथ नियन्त्रण र लैङ्घिक हिंसा बिरुद्द सबै स्थानमा कार्यक्रम संचालन गरीने छ ।

TOP