जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द
Hamropalika menu advertisement

नेपाली चिया पहिलो पटक चीनमा निर्यात

  • प्रकाशित मितिः April 25, 2026
  • हाम्रो पालिका
नेपाली चिया पहिलो पटक चीनमा निर्यात

प्रेम अधिकारी
पशुपतिनगर(इलाम) मंसिर ४ गते

इलामको गोर्खा टी स्टेटले पहिलो पटक चीनमा नेपाली अर्थोडक्स चिया निर्यात गरेको छ । युरोप , अमेरीका लगायतका देशमा चिया निर्यात गर्दै आएको गोर्खाले चियाको सबै भन्दा ठूलो बजार चिनमा पहिलो पटक ७० लाख रुपियाँ मुल्य बराबरको ६ हजार ३ सय ६२ किलोग्राम चिया निर्यात गरेको हो ।

गोर्खा टी स्टेटका संचालन तथा चिया उद्योगी उदय चापाँगाईले तीन बर्ष देखि बजारका लागि चीनमा कसरत गर्दा पहिलो पटक चिया पठाउन सफल भएको जनाकारी दिनु भयो । चीनका ब्यपारीले यस अघि थोरै मात्रामा नेपाली चिया आफै किनेर लैजाने गरेका थिए । चिया उद्योगी चापाँगाईले भन्नु भयो‘भारतले नेपाली चियामा बिषादीको मात्रा देखाएर दुख दिइरहेको बेला चीनमा चिया निर्यात शुरु हुन चिया क्षेत्रका लागि सुखद पक्ष हो ।’ उहाले चियाको परीक्षण गरेर मात्र चीनले निर्यातको ढोका खोलेको बताउनु भयो । उहाले चिया निर्यात भए पनि नेपाली चिया पूर्ण रुपमा अर्गानिक गर्न सके मात्र ठूलो परिमाणमा चीनमा चिया निर्यात गर्न सकिने बताउनु भयो ।
मेची भन्सार कार्यालय काकडभिट्टाका अनुासर पूर्वी नाका कोलकाता हुँदै नेपाली चिया चाईना पुगेको छ । चीनको स्प्रिङ टी लिमिटेडले चिया किनेको गोर्खा टी स्टेटले जनाएको छ । नेपालले करिव दुई करोड किलोग्राम सीटीसी र करिब ६५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन गर्दै आएको राष्ट्रि चिया तथा कफी विकास बोर्डको तथ्यांकमा उल्लेछ । ९० प्रतिशतभन्दा बढी सीटीसी र ८० प्रतिशत हाराहारीको अर्थोडक्स चिया भारत निकासी हुँदै आएको छ ।
नेपालमा करिब १७ हजार हेक्टर जमीनमा चियाखेती हुन्छ, जसबाट वार्षिक २३ हजार ७ सय ४५ टन चिया उत्पादन हुने चिया तथा कफी विकास बोर्डले जनाएको छ । चियामा १७ हजारभन्दा बढी किसान आबद्ध छन । ६० हजारभन्दा बढी श्रमिक प्रत्यक्ष चियामा संलग्न छन । नेपालमै सबै भन्दा बढी अर्थोडक्स चिया इलाममा उत्पादन हुने गरेको छ । गोरखापत्र अनलाइन

TOP