पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

अन्तुमा मण्डला थिएटरले कचहरी नाटक “लय प्रकृतिको“ पदर्शन गर्दै

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
अन्तुमा मण्डला थिएटरले कचहरी नाटक “लय प्रकृतिको“ पदर्शन गर्दै

फिक्कल: मण्डला थिएटरले भोलि मंसिर ५ गते इलामको सूर्योदय नगरपालिका ४ स्थित उत्तरे खेलमैदानमा कचहरी नाटक “लय प्रकृतिको“ पदर्शन गर्ने भएको छ ।कलाको माध्यमबाट सूर्योदय नगरपालिकाका बासिन्दाले जलवायु परिवर्तन, पहिरो, बाढी, आगलागी र भूकम्प जस्ता प्रकोपका नकारात्मक असरबाट आफू, आफ्नो परिवार र बृहत् समुदायलाई जोगाउने उपायबारे जानकारी गदै नाटक प्रदर्शन गर्न लागिएको हो ।
नाटक “लय प्रकृतिको“ प्राकृतिक विपत्तिसँग सम्बन्धित छ । नाटकमा सोमनाथ खनाल, उमेश तामाङ, सागर खाती, मिलन कार्की, रेनु योगी, वेदना राई लगायत चर्चित कलाकारको अभिनय रहनेछ । विहान ११ः०० बजे देखि १२ः३० सम्म प्रस्तुति दिनेछ। मण्डलासँग मोबाइल थिएटर बस छ, जुन ट्रकलाई मोबाइल स्टेजमा परिणत गरिएको छ।
पछिल्लो समय नेपाली चलचित्र जगतका प्रसिद्ध कलाकार विजय बराल, बुद्धि तामाङ, प्रदिप कुमार चौधरी, नाजिर हुसेन लगायतका सुप्रसिद्ध कलाकारहरुलाई मण्डला थिएटरमा देखिने गरीएको छ । मण्डला थिएटले सूर्योदय नगरपालिका सहित बिभिन्न संघ संस्थाको आयोजनामा नाटक पदर्शन गर्ने जनाएको छ ।

TOP