पालिका विशेष प्रोफेसनल पलम्बर तालिमको म्याद थप सम्बन्धी सूचना अर्थ वाणिज्य सूर्योदय नगरपालिकाको बजेट एक अर्व १८ करोड बढी(बजेटको पूर्ण पाठ सहित) कुराकानी इलाम नगरपालिकाको सूचना अर्थ वाणिज्य प्रोफेसनल पलम्बर तालिम सम्बन्धि सूचना प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना
Hamropalika menu advertisement

रोङको गोरेपोखरी मन्दिरमा पुराण आयोजना गरिँदै

  • प्रकाशित मितिः June 26, 2026
  • हाम्रो पालिका
रोङको गोरेपोखरी मन्दिरमा पुराण आयोजना गरिँदै

डाइमन्ड तिम्सिना:

इलामको रोङ गाउँपालिका वडा नं. ३ मार्सेमा सप्ताह पुराणको आयोजना हुने भएको छ ।यहि फागुन २० गते देखि फागुन २६ गतेसम्म सप्ताह पुराण हुने भएको छ ।गोरेपोखरी भएको देबिथानमा एक आकर्षक शिव मन्दिर निर्माण गरि पुराण तथा मन्दिरको प्राणप्रतिस्ठा गर्न लागिएको मन्दिरको संरक्षण समिति र पुराण आयोजना समितिका अध्यक्ष भक्त खवासले बताउनु भयो ।
केही रकम स्थानीय दाताबाट संकलन तथा केही स्थानीय सरकारबाट पटकपटक गरि जम्मा दुई लाख प्राप्त गरि मन्दिर निर्माण गरिएको बताउनु भयो । मन्दिरको निर्माण तथा बाहिरी काम सकिए पनि मुर्ती स्थापना तथा प्राणपर्तिस्ठा, घेराबारा,प्राङ्गण,सजावट र धार्मिक एवं साँस्कृतिक प्रचारप्रसार गर्ने उद्धेश्यले पुराण आयोजना गरेको जानकारी दिनुभयो। स्थानीय क्षेत्रको धार्मिक बिकासको लागि स्थानीयहरु नै एकजुट भई धार्मिक ,सामाजिक आर्थिक र सास्कृतिक बिकास सम्भब हुन्छ भन्ने उदाहरण हो
। इलामको रोङ गाउँपालिका ३ कोल्बुङ मार्सेमा रहेको गोरेपोखरी र गोरेपोखरी जलेश्वर शिव मन्दिर संरक्षणका लागि स्थानीयले सप्ताह पुराण आयोजना गर्ने भएका हुन । रोङ गाउँपालिकामा रहेको प्राकृतिक पोखरी मध्ये मार्सेको गोरेपोखरी एकमात्र हो। रोङ गाउँपालिका क्षेत्रमा बिभिन्न पोखरी भए पनि बिगतमा ती पोखरी सुक्दै र मासिदै गएका छन् तर रोङ ३ मार्सेमा रहेको गोरे पोखरी भने अहिले पनि प्राकृतिक रुपमा नै रहिरहेको छ ।

TOP