डाइमन्ड तिम्सिना:
इलामको रोङ गाउँपालिका वडा नं. ३ मार्सेमा सप्ताह पुराणको आयोजना हुने भएको छ ।यहि फागुन २० गते देखि फागुन २६ गतेसम्म सप्ताह पुराण हुने भएको छ ।गोरेपोखरी भएको देबिथानमा एक आकर्षक शिव मन्दिर निर्माण गरि पुराण तथा मन्दिरको प्राणप्रतिस्ठा गर्न लागिएको मन्दिरको संरक्षण समिति र पुराण आयोजना समितिका अध्यक्ष भक्त खवासले बताउनु भयो ।
केही रकम स्थानीय दाताबाट संकलन तथा केही स्थानीय सरकारबाट पटकपटक गरि जम्मा दुई लाख प्राप्त गरि मन्दिर निर्माण गरिएको बताउनु भयो । मन्दिरको निर्माण तथा बाहिरी काम सकिए पनि मुर्ती स्थापना तथा प्राणपर्तिस्ठा, घेराबारा,प्राङ्गण,सजावट र धार्मिक एवं साँस्कृतिक प्रचारप्रसार गर्ने उद्धेश्यले पुराण आयोजना गरेको जानकारी दिनुभयो। स्थानीय क्षेत्रको धार्मिक बिकासको लागि स्थानीयहरु नै एकजुट भई धार्मिक ,सामाजिक आर्थिक र सास्कृतिक बिकास सम्भब हुन्छ भन्ने उदाहरण हो
। इलामको रोङ गाउँपालिका ३ कोल्बुङ मार्सेमा रहेको गोरेपोखरी र गोरेपोखरी जलेश्वर शिव मन्दिर संरक्षणका लागि स्थानीयले सप्ताह पुराण आयोजना गर्ने भएका हुन । रोङ गाउँपालिकामा रहेको प्राकृतिक पोखरी मध्ये मार्सेको गोरेपोखरी एकमात्र हो। रोङ गाउँपालिका क्षेत्रमा बिभिन्न पोखरी भए पनि बिगतमा ती पोखरी सुक्दै र मासिदै गएका छन् तर रोङ ३ मार्सेमा रहेको गोरे पोखरी भने अहिले पनि प्राकृतिक रुपमा नै रहिरहेको छ ।