खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

सूर्योदय टी प्रोड्युसर एसोसिएशनद्वारा मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
सूर्योदय टी प्रोड्युसर एसोसिएशनद्वारा मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र

इलाम : सूर्योदय टी प्रोड्युसर एसोसिएशनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन्। नेपालमा उत्पादन भएको चिया तेस्रो मुलुकमा सहज तरिकाले निर्यात गर्न प्रदेश सरकारले भूमिका निर्वाह गर्नुपर्ने माग राख्दै एसोसिएशनले बुधबार मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन्।

उनीहरूले सोही दिन एसोसिएशनको अध्यक्ष उत्तमकुमार श्रेष्ठको नेतृत्वमा कोशी प्रदेशका सभामुख अम्बरबहादुर कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री शम्सेर राईलाई समेत ज्ञापनपत्र बुझाएको एसोसिएशनका प्रवक्ता बुद्धभूषण योञ्जनले जानकारी दिए।

उनका अनुसार स्थानीयस्तरमा उत्पादन भएको चिया सरकारी कार्यालयले पनि प्रयोगमा ल्याउनुपर्ने माग राखेका थिए। ज्ञापनपत्र बुझेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले एसोसिएशनसँग सहकार्य गरेर जाने बताए।

TOP