जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

जेष्ठ नागरिक मिलन कार्यक्रममा आँखाको परीक्षण

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
जेष्ठ नागरिक मिलन कार्यक्रममा आँखाको परीक्षण

फिक्क्ल : नेकपा एमाले सूर्योदय नगर कमिटिले जेष्ठ नागरिक मिलन तथा आँखा शिबिर कार्यक्रम सम्पन्न गरेको छ । सूर्योदय नगरपालिकाको सहिद पार्कमा एमालेले सोमबार जेष्ठ नागरिक मिलन तथा आँखा शिबिर कार्यक्रम सम्पन्न गरेको हो ।
एमाले सूर्योदय नगरकमिटि अध्यक्ष दुर्गादेबी भट्टराईको अध्यक्षता तथा एमाले केन्द्रिय सदस्य तारा गुुरुङको प्रमुख आतिथ्यतामा बृद्धबृद्धालाई भोजन सहितको कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष तथा संघीय सांषद महेश बस्नेतले एमालेले जनताका पक्षमा काम गर्ने बताउनु भयो । उहाले एमालेकै पालामा शुरु भएको बृद्धा भत्ता अहिले जेष्ठ नागरिकको सहारा बन्ने बताउनु भयो । बस्नेतले एमाले सरकारमा पुग्दा बृद्धाभत्ता बढ्ने समेत आश्वासन दिनु भयो ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य गुरुङले अहिलेको सरकारले बृद्धाभत्ता समेट कटौती गर्न खोजी रहेको बताउदै आफनो पार्टी सरकारमा पुगे बृद्धाभत्ता बढाएर १० हजार पु¥र्याउने लक्ष्य पार्टीको रहेको दावी गर्नु भयो । एमाले नगर कमिटि अध्यक्ष भट्टराईले जेष्ठ नागरिक मिनल कार्यक्रम भोट बटुल्नका लागि नगरिएको जानकारी दिदै जेष्ठ नागरिकको पुर्नमिलनका लागि गरिएको जानकारी दिनु भयो । उहाले नयाँ पुस्ताले परिवार भुल्दै गएको बताउदै राम्रा कामको नयाँ पुस्ताले अनुसरण गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘बुबा आमाले छोराछोरीका लागि कति दुःख गरेका छन भन्ने भुल्दै जानुले हाम्रो समाज अधोगति तर्फ जानु हो ।’
कार्यक्रममा एमालेका राजकुमार कट्टेल, काजीमान कागते लगायतले मन्तब्य राख्नु भएको थियो । उक्त अवसरमा जेष्ठ नगरिकको आँखा परीक्षण समेत गरिएको छ । स्थानीय जनसेवा आँखा अस्पतालको सहयोगमा निशुल्क रुपमा आँखाको परीक्षण समेत गरिएको छ । कार्यक्रममा उपस्थित बृद्धा सनतकुमार पराजुलीले जेष्ठ नागरिक मिलन कार्यक्रमले अतितको याद बल्झाएको बताउनु भयो । कार्यक्रममा सहभागी जेष्ठ नागरिकलाई भोजन समेत गराईएको थियो ।

TOP