जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

गौरी लामा शैक्षिक पुरस्कार डिन्छेनलाई

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
गौरी लामा शैक्षिक पुरस्कार डिन्छेनलाई

गोबिन्द पौडेल रोङ :
शिक्षा अभियन्ता गौरीलामाशिक्षा पुरस्कार डिन्छेन गोम्देनलाई बितरण गरिएको छ ।रोङ गाउपालिका वडा न ६ ले वडाका सामुदायिक बिद्यालयहरुवाट उत्कृस्ट जि. पि. ए. ल्याउने एक जना बिद्यार्थीलाई हरेक बर्ष बितरण गर्ने गरेको सो पच्चिस हजार रासीको पुरस्कार यस बर्ष मोतिराम माध्यमिक बिद्यालयमा अध्ययन गरि एस ईई परीक्षामा उत्कृष्ट छात्र गोम्देनले पाएका हुन ।
रोङ गाउँपालिकामा अध्यक्ष मनिकुमार स्याङ्वोको प्रमुख आतिथ्यता,सामाजिक बिकास समिति रोङका प्रमुख तथा वडा न ६ का अध्यक्ष सत्यम् राई चौरासेको बिशेष आतिथ्यता भएको उक्त पुरस्कार बितरण कार्यक्रमा शिक्षाबिध दल बहादुर मोक्तानले गौरीलामाको बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा सरस्वती माबिका प्रधानाध्यापक गोबिन्द पौडेलले शुभकामना मनत्ब्य राख्नु भएको थियो । गत बर्षको एस ई इमा समेत रोङ उत्कृस्ट बनेको गोम्देनलाई गाउँपालिकाले शिक्षा दिवसको अवसरमा प्रससा पत्रले सम्मान गरेको थियो । गौरी लामाको पनाती रोहित स्याङ्वोले सम्मानपत्र र गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो र वडाध्यक्ष सत्यम राई चौरासेले नगद पुरस्कार बितरण गर्नु भएको थियो ।
सुगौली सन्धिताका दार्जिलिङमा बस्ने शिक्षित ब्याक्ति थिए गौरी लामा ।जव सुगौली सन्धिबाट नेपालको सिमाना मेचीनदी कायम भयो उनि म नेपाली हुँ र नेपालमै बस्छु भनेर अहिलेको रोङ गाउँपालिका वडा न ६ को सलकपुर नजिकै कातिके भन्ने स्थानमा आएर बसेका उनका पनाती रोहित स्याङ्वोले बताए ।उनी सलकपुरमा आएर राणाकालिन समयमा २००४ सालमा स्कुल स्थापना गरेर शिक्षाको ज्योति फैलाउदै र, २००८ सालमा सचालक समितिमा रहेर सलकपुरमा मिडिल स्कुल बनाउने प्रस्तावक रहेको र त्यसको समर्थनमा विश्वनाथ घिमिरे (कान्छा महाजन ) (जसलाई पचायले हत्या गर्याे शहिद )मनिराज भारतीले समर्थन गरेको दस्तावेज अहिले पनि रहेको बिद्यालयका पुर्वप्रधानाध्यापक दलबहादुर मोक्तानले बताए ।गौरी लामाले कातिकेमा सुरु गरेको सुन्तला खेती नै पछि सलकपुरमा बिस्तार भएको हो ।
रोङ गाउँपालिका वडा न ६ को लामिटार आधारभुत बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षतामा भएको कार्यक्रमा स्वागत मनतब्य प्रधानाध्यापक लाखबहादुर सावाले गरेका थिए ।

TOP