प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलामको नयाँबजारमा बालाचर्तुदशी मेला लाग्ने

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
इलामको नयाँबजारमा बालाचर्तुदशी मेला लाग्ने

माईजोगमाई : इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा आगामी मंसिर २१ गते देखि २६ गते सम्म धार्मिक एव सांस्कृतिक मेला लाग्ने भएको छ ।बालाचर्तुदशीको अवसरमा नयाँबजारमा मेला लाग्ने भएको हो ।
बालाचर्तुदशीको अवसरमा बार्षिक रुपमा लाग्दै आएको मेलामा नयाँबजारको शिव मन्दिरमा आफ्ना पृतिको नाममा सतबिउ छर्ने चलन रहेको छ , सतबिउ छरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
गाउँपालिकाको रोहवरमा बजार व्यवस्थापन समिती उपाध्यक्ष पूनम गुरुङको संयोजकत्वमा २३ सदस्यीय मेला व्यवस्थापन उपसमिती गठन भएको छ । विशेष गरेर पर्यटन प्रवर्धन गर्ने हेतुले मेला लगाइने आयोजनकले जनाएको छ ।
पर्यटनको प्रचुर संभावना बोकेको माइजोगमाई गाउँपालिका भित्रका चिनारी उत्तरे पोखरी एसीयाकै पुरानो गुम्बा , थुम्केरानी रहेका छन् । थुम्केरानीबाट सूर्योदय र सूर्यास्थको दृश्यवलोकन गर्न सकिने , कुम्भकर्ण कञ्चनजंघा हिमाल लगायतको दृश्यलोकन , विश्वबाट लोपोन्मुख रेडपाण्डा , विभिन्न प्रजातिका चराहरु, जिवजन्तु अवलोकन गर्न सकिन्छ ।
नयाँबजार बसाउन योगदान दिने सन्त श्री बालागुरु, नेपालकै अग्लो गणेश , किरातको प्रथम राजा यलम्बरको प्रतिमा अवलोकन तथा शिव मन्दिर, दुर्गा मन्दिर बौद्ध गुम्बा लगायतको अवलोकन गर्न सकिन्छ ।
२०१३ सालदेखी निरंन्तर रुपमा लाग्दै आएको मेला कोरोना कहरपछी भने बन्द भएको थियो । मेलाको आकर्षणका रुपमा विभिन्न जातजातिको झाकी प्रदर्शनी , रोटेपिङ कलाकारको सांस्कृतिक प्रस्तुति समेत रहने मेला आयोजक उपसमितिका सचिव देवि अधिकारीले जानकारी दिए ।

TOP