पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

इलामको नयाँबजारमा बालाचर्तुदशी मेला लाग्ने

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
इलामको नयाँबजारमा बालाचर्तुदशी मेला लाग्ने

माईजोगमाई : इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा आगामी मंसिर २१ गते देखि २६ गते सम्म धार्मिक एव सांस्कृतिक मेला लाग्ने भएको छ ।बालाचर्तुदशीको अवसरमा नयाँबजारमा मेला लाग्ने भएको हो ।
बालाचर्तुदशीको अवसरमा बार्षिक रुपमा लाग्दै आएको मेलामा नयाँबजारको शिव मन्दिरमा आफ्ना पृतिको नाममा सतबिउ छर्ने चलन रहेको छ , सतबिउ छरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
गाउँपालिकाको रोहवरमा बजार व्यवस्थापन समिती उपाध्यक्ष पूनम गुरुङको संयोजकत्वमा २३ सदस्यीय मेला व्यवस्थापन उपसमिती गठन भएको छ । विशेष गरेर पर्यटन प्रवर्धन गर्ने हेतुले मेला लगाइने आयोजनकले जनाएको छ ।
पर्यटनको प्रचुर संभावना बोकेको माइजोगमाई गाउँपालिका भित्रका चिनारी उत्तरे पोखरी एसीयाकै पुरानो गुम्बा , थुम्केरानी रहेका छन् । थुम्केरानीबाट सूर्योदय र सूर्यास्थको दृश्यवलोकन गर्न सकिने , कुम्भकर्ण कञ्चनजंघा हिमाल लगायतको दृश्यलोकन , विश्वबाट लोपोन्मुख रेडपाण्डा , विभिन्न प्रजातिका चराहरु, जिवजन्तु अवलोकन गर्न सकिन्छ ।
नयाँबजार बसाउन योगदान दिने सन्त श्री बालागुरु, नेपालकै अग्लो गणेश , किरातको प्रथम राजा यलम्बरको प्रतिमा अवलोकन तथा शिव मन्दिर, दुर्गा मन्दिर बौद्ध गुम्बा लगायतको अवलोकन गर्न सकिन्छ ।
२०१३ सालदेखी निरंन्तर रुपमा लाग्दै आएको मेला कोरोना कहरपछी भने बन्द भएको थियो । मेलाको आकर्षणका रुपमा विभिन्न जातजातिको झाकी प्रदर्शनी , रोटेपिङ कलाकारको सांस्कृतिक प्रस्तुति समेत रहने मेला आयोजक उपसमितिका सचिव देवि अधिकारीले जानकारी दिए ।

TOP