कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

प्रकृति र संस्कृतिको संयोजनबाट पर्यटनको विकास सम्भब छ : मन्त्री किराती

  • प्रकाशित मितिः November 16, 2025
  • हाम्रो पालिका
प्रकृति र संस्कृतिको संयोजनबाट पर्यटनको विकास सम्भब छ : मन्त्री किराती

इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले नेपाली पर्यटनको विकास प्रकृति र संस्कृतिको संयोजनबाट अगाडी बढ्नु पर्ने बताएका छन्। इलामको सन्दकपुर-३ देउरालीमा प्रेस सेन्टर नेपाल १ नं। प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय मिडिया सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री किराँतीले यस्तो धारणा राखेका हुन् ।
मन्त्री किरातीले पर्यटनको विकास गर्दा रैथाने खाद्यान्न, जडिबुटी, उत्पादनलाई प्राथमिकता दिइनु पर्नेमा जोड दिए । उनले स्थानीय संस्कार र संस्कृतिलाई पर्यटक सामु प्रदर्शन गर्न सकियो भने पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए ।उनले पर्यटन प्रवर्धन गर्दा विदेशी पर्यटनको प्रतिलिपी नभइ स्थानीय मौलिकतालाई अगाडी सार्नुपर्ने धारण राख्दै मन्त्री किराँतीले पत्रकारको काम सरकारको कमजोरी औंल्याउने, खवरदारी र सकारात्मक आलोचना गर्न पनि आग्रह गरेका थिए ।
उनले मिडिया सम्मेलनले सन्दकपुरको प्रचारमा सहयोग पुर्याउने विचार ब्यक्त गरे । उनले पर्यटकीय, जैविकीय मात्र नभई धार्मिक आस्थाको केन्द्रको रुपमा समेत रहेको सन्दकपुरलाई ब्राण्डिङ गर्नुपर्ने बताए ।मन्त्री किरातीले टाढाबाट आउने पर्यटकलाई रोङमा एकरात बसाएर सन्दकपुर ल्याउन सकिने धारणा ब्यक्त गर्दै रोङ, सुर्योदय र सन्दकपुरलाई जोडेर पर्यटन प्रवर्धनका लागि बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

TOP