पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना पालिका विशेष सूचना अर्थ वाणिज्य सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट अर्थ वाणिज्य चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने अर्थ वाणिज्य रोङका अभिभावकविहीन विद्यार्थीलाई मासिक २ हजार ‘उज्यालो भविष्य भत्ता’
Hamropalika menu advertisement

प्रकृति र संस्कृतिको संयोजनबाट पर्यटनको विकास सम्भब छ : मन्त्री किराती

  • प्रकाशित मितिः August 19, 2026
  • हाम्रो पालिका
प्रकृति र संस्कृतिको संयोजनबाट पर्यटनको विकास सम्भब छ : मन्त्री किराती

इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले नेपाली पर्यटनको विकास प्रकृति र संस्कृतिको संयोजनबाट अगाडी बढ्नु पर्ने बताएका छन्। इलामको सन्दकपुर-३ देउरालीमा प्रेस सेन्टर नेपाल १ नं। प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय मिडिया सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री किराँतीले यस्तो धारणा राखेका हुन् ।
मन्त्री किरातीले पर्यटनको विकास गर्दा रैथाने खाद्यान्न, जडिबुटी, उत्पादनलाई प्राथमिकता दिइनु पर्नेमा जोड दिए । उनले स्थानीय संस्कार र संस्कृतिलाई पर्यटक सामु प्रदर्शन गर्न सकियो भने पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए ।उनले पर्यटन प्रवर्धन गर्दा विदेशी पर्यटनको प्रतिलिपी नभइ स्थानीय मौलिकतालाई अगाडी सार्नुपर्ने धारण राख्दै मन्त्री किराँतीले पत्रकारको काम सरकारको कमजोरी औंल्याउने, खवरदारी र सकारात्मक आलोचना गर्न पनि आग्रह गरेका थिए ।
उनले मिडिया सम्मेलनले सन्दकपुरको प्रचारमा सहयोग पुर्याउने विचार ब्यक्त गरे । उनले पर्यटकीय, जैविकीय मात्र नभई धार्मिक आस्थाको केन्द्रको रुपमा समेत रहेको सन्दकपुरलाई ब्राण्डिङ गर्नुपर्ने बताए ।मन्त्री किरातीले टाढाबाट आउने पर्यटकलाई रोङमा एकरात बसाएर सन्दकपुर ल्याउन सकिने धारणा ब्यक्त गर्दै रोङ, सुर्योदय र सन्दकपुरलाई जोडेर पर्यटन प्रवर्धनका लागि बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

TOP