जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण

नयाँबजार: माइजोगमाई गाउँपालिकाले युवा उद्यमशीलता प्रवद्धनका लागि सञ्चालन गरेको कार्यक्रम अन्तर्गत छ जना युवा उद्यमीलाई व्यावसायिक सामग्री वितरण गरिएको छ ।तालिमका २९ सहभागीमध्ये व्यवसाय गर्दै गरेका छ जना विभिन्न विधाबाट छनोट गरिएका युवालाई सामग्री हस्तान्तरण गरीएको हो ।
जस अनुसार, उद्योगतर्फ भट्टराई बिस्कुट तथा बेकरी उद्योगलाई बोइलिङ ओभन र फुड मिक्स्चर, सिलिन्डर, दुई थान डेक्ची प्रदान गरिएको छ । कञ्चन ब्युटी पार्लरलाई ब्युटी पार्लर प्रवद्र्धनका लागि दुई लाख बराबरको अनुदान रकम दिइएको छ ।

कृषिको प्रवद्र्धन गर्न ३ जनालाई अनुदान रकम हस्तान्तरण गरिएको छ । जसमा, १ जनालाई नगद १ लाख र २ जनालाई २ लाख बराबरको अनुदान रकम हस्तान्तरण गरिएको छ । पशुपालनतर्फ १ जनालाई १ लाख अनुदान दिइएको छ ।

माइजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भएको थियो । गाउँपालिकाको केन्द्र नयाँबजारमा सम्पन्न कार्यक्रममा छ वटै वडामा उद्यम सञ्चालन गरिरहेका युवालाई सामग्री प्रदान गरिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा सहभागीले ७५ प्रतिशत अनुदानमा सामग्री प्राप्त गरेका छन् भने बाँकी २५ प्रतिशत लागत आफु स्वयम् बेहोरेका छन् । गाउँमै बसेर उद्यम गर्दै गरेका र आत्मानिर्भर हुन चाहानेलाई मुख्य प्राथमिकता दिएको माइजोगमाई युवा उद्यमी कार्यक्रम संयोजक तथा माइजोगमाई उपाध्यक्ष प्रविना राईले बताउनुभयो ।उहाले भन्नु भयो गाउँमा उद्यम गरेर केहि गरु भन्ने युवालाई पालिकाले सहयोग गर्दै आएको छ ।

यसअघि पालिकाले उद्यमशीलता र कोदोको बिस्कुट बनाउने तथा वेकरी सम्बन्धी पाँच दिने तालिम सञ्चालन गरेको थियो ।
गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले कार्यक्रमको गाउँका युवालाई विदेश पलायन हुनबाट रोक्नुका साथै आर्थिक रूपमा सबल बनाउन उक्त कार्यक्रम संचालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘हामीले स्वरोजगारका माध्यमबाट युवालाई गाउँमै टिकाउने प्रयास गरिरहेका छौं ।’रोषन काफले

TOP