प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण

नयाँबजार: माइजोगमाई गाउँपालिकाले युवा उद्यमशीलता प्रवद्धनका लागि सञ्चालन गरेको कार्यक्रम अन्तर्गत छ जना युवा उद्यमीलाई व्यावसायिक सामग्री वितरण गरिएको छ ।तालिमका २९ सहभागीमध्ये व्यवसाय गर्दै गरेका छ जना विभिन्न विधाबाट छनोट गरिएका युवालाई सामग्री हस्तान्तरण गरीएको हो ।
जस अनुसार, उद्योगतर्फ भट्टराई बिस्कुट तथा बेकरी उद्योगलाई बोइलिङ ओभन र फुड मिक्स्चर, सिलिन्डर, दुई थान डेक्ची प्रदान गरिएको छ । कञ्चन ब्युटी पार्लरलाई ब्युटी पार्लर प्रवद्र्धनका लागि दुई लाख बराबरको अनुदान रकम दिइएको छ ।

कृषिको प्रवद्र्धन गर्न ३ जनालाई अनुदान रकम हस्तान्तरण गरिएको छ । जसमा, १ जनालाई नगद १ लाख र २ जनालाई २ लाख बराबरको अनुदान रकम हस्तान्तरण गरिएको छ । पशुपालनतर्फ १ जनालाई १ लाख अनुदान दिइएको छ ।

माइजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भएको थियो । गाउँपालिकाको केन्द्र नयाँबजारमा सम्पन्न कार्यक्रममा छ वटै वडामा उद्यम सञ्चालन गरिरहेका युवालाई सामग्री प्रदान गरिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा सहभागीले ७५ प्रतिशत अनुदानमा सामग्री प्राप्त गरेका छन् भने बाँकी २५ प्रतिशत लागत आफु स्वयम् बेहोरेका छन् । गाउँमै बसेर उद्यम गर्दै गरेका र आत्मानिर्भर हुन चाहानेलाई मुख्य प्राथमिकता दिएको माइजोगमाई युवा उद्यमी कार्यक्रम संयोजक तथा माइजोगमाई उपाध्यक्ष प्रविना राईले बताउनुभयो ।उहाले भन्नु भयो गाउँमा उद्यम गरेर केहि गरु भन्ने युवालाई पालिकाले सहयोग गर्दै आएको छ ।

यसअघि पालिकाले उद्यमशीलता र कोदोको बिस्कुट बनाउने तथा वेकरी सम्बन्धी पाँच दिने तालिम सञ्चालन गरेको थियो ।
गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले कार्यक्रमको गाउँका युवालाई विदेश पलायन हुनबाट रोक्नुका साथै आर्थिक रूपमा सबल बनाउन उक्त कार्यक्रम संचालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘हामीले स्वरोजगारका माध्यमबाट युवालाई गाउँमै टिकाउने प्रयास गरिरहेका छौं ।’रोषन काफले

TOP