खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

इलामको माईमा गाईको बलात्कार र बाच्छीको हत्या

  • प्रकाशित मितिः October 16, 2026
  • हाम्रो पालिका
इलामको माईमा गाईको बलात्कार र बाच्छीको हत्या

विमल दहाल: इलामको माई नगरपालिका वडा नम्बर-२ गोरखेमा रहेको छवि आचार्यको गोठमा रहेको गाई र गाईको बाच्छी स्थानीय एक आपराधिक समूहले बलात्कार गरी बाच्छीको हत्या गरेका छन् ।

गत सोमबार बिहान आचार्य गोठमा दूध दुहुन पुग्दा गाई विरामी अवस्थामा र सोही गाईको बाच्छी मलखाडीमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो । गाई हत्यामा संलग्नको पहिचान भई सकिएको भन्दै प्रहरीले खोजी गरिरहेको लोदिया प्रहरी चौकी दानाबारीका इञ्चार्ज सञ्जय न्यौपानेले जानकारी दिए । पछिल्लो समयमा माई नगरपालिकाभित्र आपराधिक घटना बढ्दो रहेको स्थानीयले बताएका छन् ।

यता माई नगरपालिका वडा नम्बर- १० का वडाध्यक्ष गणेश राई आफ्नो फेसबुक स्टाटसमा लेख्छन्- ‘राक्षसी प्रवृत्तिले दिमाग भरिएका मानवको स्वरुपमा दानवहरु, इतिहास सधै इतिहास नै हुन्छ । पुर्खाहरुले गाईको मासु खान्थे भन्दैमा खाइ हाल्नु पर्ने, ऊ बेला डाइनोसर जस्ता प्राणीको उत्पत्ति सँगसँगै मानवको उत्पत्ति भएको हो, कहाँ बस्ने के खाने कुनै कुराको निश्चित थिएन, मानवले आफूले आफूलाई बचाएर राख्ने अवस्था सहज थिएन, विस्तारै मानव स्वरूपबाट मानिसमा रुपान्तरण हुँदै गए र पछिल्लो समयमा आएर मानिसहरूले यो संसारमा साम्राज्य खडा गर्दै गए कहाँ बस्ने के खाने भन्ने कुरामा निश्चित भए भने अब हामीले त्यहीँ यथास्थितिमा फर्किनुपर्छ भन्न यो शताब्दीको कुरा होइन । ठिक छ हामी मुन्धुम गर्छौं… त गाईको टाउको नै चढाउनुपर्ने बाध्यता चाहिँ होइन । त्यसैले यो अबोध प्राणीहरुको हामी र हाम्रो जात धर्मसँगै कुनै सम्बन्ध छैन । सकिन्छ भने कुनै प्राणीहरुको हिंसा नगरौं ।’

यता स्थानीय कन्काई माध्यामिक विधालयका शिक्षक खड्गप्रसाद दुलाल आफ्नो फेसबुक स्टाटसमा लेख्छन्- ‘माई नगरपालिका-२ मा भएको अति घिनलाग्दो र आततायी घटनाको बारे कुनै पत्रकार, युट्युव वा कतै केही बुझ्न पाइएन नि ? के भो अभियुक्त पक्राउ प¥यो ? घटना छवि सरको एउटा बाच्छो बलात्कारपछि काटेर मारेको र गाईलाई पनि मरणासन्न पारिएको हो । घटना स्थलतर्फ पुग्न नभ्याएकोले के भयो ? भन्नेबारे बुझ्न सकेको छैन । त्यो मान्छेहरु गम्भीर प्रकृतिका मानसिक अपराधी हुन्, खेलाँची नगरियोस् है ।’

पछिल्लो समय इलामसहित पूर्वका विभिन्न जिल्लामा राष्टिूय जनावर गाई माथिको आक्रमण बढ्दै गएको छ । केही समयअघि मात्रै धरानमा गाई काटेर खाँदै गरेको भिडियो सामाजिक सञ्जालमा आएसँगै त्यसको चर्को विरोध भएको थियो । प्रहरीले उक्त घटनामा संलग्नहरुको खोजी जारी राखेको जनाएको छ ।पूर्वाञ्चल दैनिकबाट

TOP