जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

फिक्कलको सूर्योदय पोलिक्लिनिक संगै रहेको पार्वती मेडिकोलाई २ लाख जरिवाना, क्लिनिक बन्द

  • प्रकाशित मितिः September 18, 2026
  • हाम्रो पालिका
फिक्कलको सूर्योदय पोलिक्लिनिक संगै रहेको पार्वती मेडिकोलाई २ लाख जरिवाना, क्लिनिक बन्द


फिक्कल: इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा सूर्योदय फिक्कल पोलिक्लिनिक संगै रहेको पार्वती मेडिकोलाई जिल्ला प्रशासन कार्यालय इलामले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कोईरालाको नेतृत्वको टोलीले शुक्रबार अनुगमन गर्दा प्रतिबन्धित बेटाडिन बिक्री बितरण गरिएको पाईए पछि दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।
‘फर हस्पिटल सप्लाई वनली’ लेखिएको बेटाडिन ५ बोतल बिक्रीका लागि राखीएको पाईए पछि जरिवाना गरिएको सहायक प्रजिअ कोईरालाले जानकारी दिनु भयो । उहाका अनुसार उक्त मेडिको प्रितम यादवको नाममा दर्ता भई अशोक कुमार यादवले संचालन गरिएको पाईएको छ ।
बाहिर बोर्डमा सूर्योदय फिक्कल पोलिक्लिनिक प्रा.लि. लेखीएको बोर्ड टास गरीए पनि दर्ता भने पार्वर्ती मेडिकोको रहेको पाईएको छ ।
सहयक प्रजिअ कोईरालाका अनुसार उक्त बेटाडिन सरकारी अस्पतालले मात्र प्रयोग गर्न पाउछन । उहाका अनुसार उक्त मेडिकोलाई उपभोक्ता हित संरक्षण ऐन २०७५ को दर्फा ३८(ङ) र उक्त ऐनको दर्फा ३९(१) (क) अनुसार जरिवाना गरी सात दिन भित्रमा जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । मेडिकोमा प्रतिबन्धित बेटाडिन भेटीए पछि मेडिको संचालकले अनुगमन टोलीलाई अटेरी गर्दै आफु संग भ्याट बिल भएकाले जरिवाना नतिर्ने जिद्दि गरेका थिए । यादवले जरिवाना नतिर्ने भन्दै कुनै कागजपत्रमा हस्ताक्षर नगर्ने अडान राखे पछि सहायक प्रजिअले तत्कालका लागि मेडिकल बन्द गर्न निर्देशन दिनु भएको थियो ।

उक्त मेडिकोको एक ब्यक्तिको नाममा दर्ता भई अर्कै ब्यक्तिले संचालन गरिएको पाईएकाले सम्बन्धित ब्यक्तिको नाममा कागजपत्र नआए सम्म बन्द गरिएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमुख रविन खत्रीले जानकारी दिनु भयो । खत्रीले जरिवाना तिरेर मेडिको नामसारीका कागज पेश भए पछि मात्र मेडिको संचालनमा आउने÷नआउने टुंगो लाग्ने जानकारी दिनु भयो । सहायक प्रजिअ कोईरालाले भन्नु भयो‘ उपभोक्ताको हित बिपरित कार्य गरेकाले जरिवान गरी तत्कालका लागि मेडिको बन्द गरिएको हो ।’ ‘बरामद गरीएको बेटाडिन अस्पतालले मात्र चलाउन पाउछ, अन्य कसैले चलाउन पाउदैन ।’ सहायक प्रजिअ कोईरालाले भन्नु भयो ।
स्वास्थ्य कार्यालयका लक्ष्मण ढकाल, कर कार्यालयका दिपक घिमिरे , घरेलु कार्यालयका किरण कार्की , फिक्कल प्रहरी चौकीका बरिष्ठ सई शुभेन्द्र कर्ण र संचारकर्मी सहितको टोलिले फिक्कलका अन्य अस्पताल तथा मेडिकल र किराना पसलको समेत अनुगमन गरेको छ । टोलीले अनुगमनका क्रममा देखिएका त्रुटीलाई संच्याएर काम गर्न समेत निर्देशन दिएको छ ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा संचालित मेडिकलको अनुगमन गरिरहेको छ । इलाम बजारका केहि मेडिकलाई समेत यस अघि जरिवाना गरेको थियो ।

TOP