जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

कन्याममा एटीभी राईड संचालन

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
कन्याममा एटीभी राईड संचालन

फिक्क्ल: स्वदेशी पर्यटकको रोजाईमा रहेको इलामको पर्यटकीय स्थल कन्याममा एटिभी राईड(चार पाङग्रे बाईक) को सेवा संचालन गरिएको छ ।
सूर्योदय नगरपालिकाको कन्याम क्षेत्रमा कन्याम एडभेन्चर प्रालिले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरिसाहासिक यात्रा गर्ने पर्यटकका लागि दुईवटा एटिभी राईड(चार पाङग्रे बाईक) को सेवा शुक्रबारबाट शुरु गरेको हो ।
एक कार्यकमका विच सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले राईडको उद्घाटन गर्नु भयो । उद्घाटन गर्दै नगर प्रमुख राईले कन्याममा पर्यटकका लागि नयाँ आयाम थपिएको जानकारी दिनु भयो । कार्यक्रममा उप प्रमुख दुर्गा कुमार बराल सहितका ब्यक्ति सहभागी हुनुहुन्थ्यो ।
कन्याम चियाबगान भित्रको बाटोमा विभिन्न प्याकेजमा यात्रा गराइने कम्पनीका राम प्रसाद उपाध्यायले बताउनु भयो । सूर्योदय नगरपालिका वडा नं. ७ का अध्यक्ष लोक बहादुर राईले घोडचढी संगै थपिएको राईडले स्वदेशी पर्यटकलाई कन्याममा थप आर्कषित गर्ने बताउनु भयो ।
नगरपालिकाले कन्याममा सिसाको पुल निर्माण गरीरहेको छ भने निजि कम्पनीले कन्याममा स्काई वाल्क निर्माण गरी संचालन गरीरहेको छ । कन्याममा दैनिक रुपमा हजारौ पर्यटक घुम्न आउने गरेका छन ।

TOP