राष्ट्रिय जनगणना २०७८ को इलामको नतिजा सार्वजनिक – Hamropalika
अर्थ वाणिज्य कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक पर्यटन मेची राजमार्ग मर्मत गर्दै इलाम नगरपालिका अर्थ वाणिज्य फिक्कल बजारमा नगरपालिकाको अनुगमन, ठूलो परिमाणमा म्याद गुज्रीएका अखाद्य बस्तु बरामद पालिका विशेष बेलासेमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा पालिका विशेष सूर्योदयमा बार्षिक प्रगति समिक्षा सम्पन्न पालिका विशेष रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा अर्थ वाणिज्य पाथीभरा मन्दिरको छानविन प्रतिवेदन सार्वजनिक भएन पालिका विशेष शिक्षा दिवस नजिकिदै गर्दा शिक्षक महासंघ आन्दोलनमा,असोज ३ देखि बिद्यालय बन्द पालिका विशेष इलाम नगरपालिका ९ बाट हत्या आशंकामा तामाङ पक्राउ पर्यटन प्रकृति र संस्कृतिको संयोजनबाट पर्यटनको विकास सम्भब छ : मन्त्री किराती
Hamropalika menu advertisement

राष्ट्रिय जनगणना २०७८ को इलामको नतिजा सार्वजनिक

  • प्रकाशित मितिः September 25, 2023
  • hamro_palika

इलाम : तथ्याङ्क कार्यालय पाँचथरले राष्ट्रिय जनगणना २०७८ को इलामको नतिजा सार्वजनिक भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला स्तरीय नतिजा सार्वजनिक कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरुको सहभागिता थियो ।

सार्वजनिक तथ्यांकअनुसार इलामको कुल जनसंख्या  दुई लाख ७९ हजार पाँच सय ३४ छ । तथ्यांकअनुसार पुरुषभन्दा महिलाको संख्या बढी छ । पुरुषको संख्या एक लाख ३९ हजार चार सय ३१ पुरुष र महिलाको संख्या एक लाख ४० हजार एक सय तीन छ ।

तथ्यांकअनुसार सबैभन्दा धेरै सूर्योदय नगरपालिकाको ५४ हजा सात सय २७ र सबैभन्दा कम सन्दकपुर गाउँपालिकाको १५ हजार चार सय ४४ छ । लैंगिक अनुपात ९९ दशमलव ५२ प्रतिशत रहेको छ ।

इलामको जनसंख्या २०६८ को भन्दा शुन्य दशमलव ३ प्रतिशतले घटेको छ । १० वर्षअघि इलामको जनसंख्या २ लाख ९० हजार २ सय ५४ थियो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जुनसुकै कार्यका लागि पनि सही तथ्यांक आवश्यक पर्ने हुँदा वास्तविक तथ्यांक आउनु पर्नेमा जोड दिए । कार्यक्रममा तथ्याङ्क कार्यालय पाँचथरका तथ्याङ्क अधिकृत प्रेम नेपालले इलामको नजगणनाको नतिजा  सार्वजनिक गरेका थिए ।

जनगणना २०७८ अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१ दशमलव ०२ प्रतिशत छ भने पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८ दशमलव ९८ प्रतिशत छ। त्यस्तै, अन्य लिङ्गीको संख्या दुई हजार ९२८ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यो देशको जनसंख्याको शुन्य दशमलव ००१ प्रतिशत हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले गत कात्तिक २५ देखि मंसीर ९ गतेसम्म जनगणना गरेको थियो। तथ्याङ्क कार्यालयले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ। जनगणनामा देशभर अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गरिएको थियो । तथ्यांकले समग्र मुलुक, जिल्ला, पालिका र वडाका बिकास, ऐन, नीति निर्माणमा सहयोग पुरयाउँछ ।

राष्ट्रिय जनगणना २०७८ को इलाम जिल्लाको सम्पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् :

TOP