Hamropalika menu advertisement

इलामको जोगमाईमा श्रीमतीको हत्या गरी श्रीमानद्धारा आत्महत्या

  • प्रकाशित मितिः August 25, 2026
  • हाम्रो पालिका
इलामको जोगमाईमा श्रीमतीको हत्या गरी श्रीमानद्धारा आत्महत्या

फिक्कल: इलामको माईजोगमाई २ मा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन । बिहिबार राती माईजोगमाई २ का ५७ बर्षीय पिताम्बर खतिवडाले आफनी जेठी श्रीमती राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर बाहिरको रुखमा आफुले पनि झुण्डिएर आत्महत्या गरेका हुँन ।
खतिडाका २ श्रीमती थिए । कान्छी श्रीमती सीता खतिवडा संग बस्दै आएका पिताम्बरले राती जेठी श्रीमतीको घरमा गएर उक्त घटना घटाएको प्रारम्भीक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनु भयो ।
जेठी श्रीमती पट्टीकी छोरी रचना भने सकुसल रहेको मृतकका कान्छा भाई निर्मल खतिवडाले जानकारी दिनु भयो । कान्छी श्रीमती सीता भने बिहिबार माईत जानु भएको प्रहरीले जनाएको छ । घटना स्थल तर्फ प्रहरी जादै गरेको प्रहरी निरीक्षक राईले जानकारी दिनु भएको छ ।

TOP