अर्थ वाणिज्य २० लाख किसानलाई परिचय पत्र वितरण गरिने :कृषि मन्त्री अधिकारी अर्थ वाणिज्य इलाममा करोडौंको लगानीमा फनपार्क र रिसोर्टसहितको गाई फार्म खुल्दै पालिका विशेष बिपत प्रतिकार्यमा जुट्दै सूर्योदय नगरपालिका जीवनशैली सिद्धिखोला जलबिद्युत आयोजनाका कारण आधा दर्जन घर जोखिममा अर्थ वाणिज्य जस्बीरे चिया उद्योगमा आगलागी हुदा करोडको क्षति जीवनशैली केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त प्रदेश केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त जीवनशैली सूर्योदय नगरपालिकाबाटै अव राष्ट्रिय परिचयपत्र सेवा खेलकुद कोशी प्रदेश खेलकुद महोत्सव मङ्गलबारदेखि अर्थ वाणिज्य ६१ लाख बढीको सुरक्षा सामग्री एक बर्ष देखि चिया बिस्तार फिक्कलको गोदाममा
Hamropalika menu advertisement

इलामको रोङ पूर्ण खोप गाउँपालिका घोषणा , स्वास्थ्यकर्मी सम्मानित

  • प्रकाशित मितिः March 21, 2025
  • हाम्रो पालिका
इलामको रोङ पूर्ण खोप गाउँपालिका घोषणा , स्वास्थ्यकर्मी सम्मानित

गोबिन्द पौडेल


इलामको रोङ गाउँपालिका पूर्ण खोप गाउँपालिका बनेको छ । आज गाँउपालिकामा आयोजित एक कार्यक्रमकाा बिच पालिकालाई पुर्ण खोप घोषणा गरिएको हो । उक्त अवशरमा उत्कृष्ट कार्य सम्पादन गरेका चारजना स्वास्थ्यकर्मीलाई नगद सहित प्रससापत्रद्वरा सम्मान गरिएको छ । यसरी समानित हुनेहरुमा कोल्बुङ स्वास्थ्य केन्द्रका सिनियर अहेव ब्रमलाल यादव, ल्याव असिस्टेन सोनिका खाम्दाक, सन्ध्या राई र शान्तिपुर स्वास्थ्य चौकिका सिनियर अहेव निर्मल पाण्डे रहनुभएको छ ।उहाँहरुले विगतमा गरेको कामको उच्च मुल्यांकन गर्दै आगामी दिनमा थप हौशला पुग्ने उदेश्यले जनहि नगद दश हजार र प्रससापत्र प्रदान गरिएको थियो । साथै रोङ गाउपालिकाको स्वास्थमा उल्लेखनिय योगदान गरे वापत छिमेकि माई नगरपालिकाका डाक्टर रामकृष्ण आचार्यलाई समेत सम्मान गरिएको छ।जन्मे देखी १५ महिनासम्म राष्ट्रिय खोप तालिका अनुसार विभिन्न १३ वटा रोगको बिरुद्ध नौ वटा खोप लगाइने नियमित राष्टिय अभियान अनुसार दिइने र यदि नियमित खोप अभियानमा कुनैपनि खोप छुटेमा १६ देखी ५९ महिना भित्र खोज र खोप अभियान अन्र्तगत खोपकोे सुनिश्चित गरेपछि पूर्ण खोपको घोषणा गर्ने प्रकृयामा पालिका पुगेको हो ।
रोङ गाउँपालिकाले गत चैत्रमा सबै वडाहरुमा स्वास्थ्य कर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु जनप्रतिनिधिहरुको समिति निमार्णगरि घर धुरी सर्भेक्षण गरि खोज अभियान संचालन गरि छुटेका बच्चाहरुलाइ बैशाख १५ र बैशाख ३१ गते खोप लगाइएको खोपकार्ड नभएका बच्चाहरुको लागि खोपकार्ड बितरण समेत गरेको थियो । खोप लगाइ सकेपछि पालिका स्तरिय खोप समन्वय समितिले प्रत्येक वडाको पन्ध्र पन्ध्र घर धुरी सभेक्षण गरि सबै बच्चाहरुले खोप लगाएको एकिन भएपछि पूर्ण खोप सुनिश्चित सबै वडा घोषणा गरीएको थियो । रोङको सबै वडाहरु पूर्ण खोप युक्त वडा घोषण भइसकेपछि आज पूर्ण खोप गाउपालिका घाषण गरीएको रोङ स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत युवराज काफ्ले बताउनु भयो। कार्यक्रमको अध्यक्षता वडा न ३ का अध्यक्ष मात्रिका बरालले गरेका थियो भने रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोको प्रमुख आतिथ्यता रहेको थियो । स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ अधिकृत युवराज काफ्लेले सचालन गरेको कार्क्रमको उदेश्यमाथी स्वास्थ्य कार्यलय ईलामका खोप तथा तथ्याङ्क अधिकृत गागाधर पण्डिले प्रस्ट पार्नुभएको थियो ।
बाल मृत्युदर र अपाङता घटाउन नेपालमा २०३४ सालवाट बिस्तारित खोप शुरुआत गरिएको थियो । नेपाल बि । सं २०२१ सम्म पूर्ण खोप सुनिश्चितता र दिगोपन भएको देश बनाउने लक्ष्य अनुसार सोह् हजार भन्दा बढी खोपकेन्द्रहरुवाट नियमित खोप सेवा दिइने गरेको छ । मुलुक संघिय संरचनामा गएपछि स्वास्थ्य सेवामा थप बिकेन्द्रिकृत बनेर निशुल्क स्वास्थ्य सेवा लिनेहरुको संख्या बढीरहेको छ । सेवाको बिस्तारवाट मानव बिकाश सुचकाङ्क बृद्धि भइ सरकारले आवलम्वन गरेको निति लक्ष्यमा सघाउ पुगेर बिकाशको गतिमा फड्को मार्ने छ । जनसांंखिक सभेक्षण २०११ अनुसार करिव ७८ प्रतिसत बच्चाहरुमा पूर्ण खोप पाएका छन् भने ३ प्रतिसतले कुनै खोप नपाएको तथ्याङ रहेको छ ।

TOP