खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

सूर्योदय १० का महिला समुहलाई प्लाष्टिक टनेल वितरण

  • प्रकाशित मितिः October 17, 2026
  • हाम्रो पालिका
सूर्योदय १० का महिला समुहलाई प्लाष्टिक टनेल वितरण

फिक्कल: इलामको सूर्योदय नगरपालिका वडा नं. १० को याङ टोल र आदर्श टोलका महिला समुहलाई १५ वटा प्लाष्टिक टनेल वितरण गरिएको छ । सूर्योदय नगरपालिका वडा नं. १० को आर्थिक बर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार महिला सिप विकास तथा रोजगारी मुलक कार्यक्रम अन्तर्गत महिलालाई टनेल बितरण्ण गरीएको हो ।
वडाले महिलालाई बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिई तालिमलाई उपलब्धी मूलक बनाउनका साथै बेमौसमी तरकारी खेती प्रति प्रोत्साहन गर्ने उद्देश्यले टनेल वितरण गरिएको वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनु भयो ।
उक्त कार्यक्रमबाट लाभाम्वित समूहले नमुना योग्य काम गरि अन्य समुहलाई पनि बेमौसमी तरकारी खेती प्रति आकर्षित गर्न महत्पूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको वडाध्यक्ष लामाले जानकारी दिनु भयो । एक कार्यक्रम बिच वडाध्यक्ष लामा सहितका जनप्रतिनिधिले टनेल बितरण गरेका थिए ।

TOP