जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

नेपाली कांग्रेस सूर्योदयको प्रथम नगर सम्मेलन सम्पन्न

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
नेपाली कांग्रेस सूर्योदयको प्रथम नगर सम्मेलन सम्पन्न

फिक्कल: इलाम नेपाली कांग्रेस सूर्योदयको प्रथम नगर सम्मेलन बिहीबार सम्पन्न भएको छ । १४ वटै वडामा वडा सम्मलेलन सकेको नगर समितले जिल्लामै पहिलो नगर सम्मेलन गरेको हो ।
नगर सभापती जिवन कुमार नेपालको अध्यक्षतामा सम्पन्न नगर सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले अहिले आम जनमानसमा जुन किसिमको राजनीतिक वितृष्णा जागेको भनिएको छ त्यो सत्य नभएको बताउनु भयो । नगर सम्मेलन उद्घाटनका क्रममा उहाले नेपाली कांग्रेस पार्टीलाई अझ मजबुत ढंगले अगाडि बढाउन मार्गचित्र बनेकाले कार्यकर्तालाई विचलित नहुन आग्रह गर्नु भयो । उहाले तल उठेका सवालमा केन्द्रमा छलफल गरिने जानकारी दिनु भयो
यस्तै पार्टीका जिल्ला सभापति डम्बरबहादुर खड्काले देशमा परेको सबैजसो संकटमा नेपाली कांग्रेस नै चाहिने भएकाले पार्टीलाई बलियो बनाएर लैजानु पर्नेमा जोड दिनु भयो ।पुर्व जिल्ला सभापती एवम महासमिति सदस्य केशव थापाले पार्टीको भन्दा नेताको कमीकमजोरीले गर्दा पार्टी विग्रिएको र यसलाई समाल्न केन्द्रीय नेताको मति सप्रिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा महासमिति सदस्य टिकाराम लाप्चा, जिल्ला उपसभापति खगेन्द्र देवान, महासमिति सदस्य भेसराज आचार्य महासमिति सदस्य हिमालय कर्मचार्य लगायत पाटीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

TOP