प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

फाकफोकथुममा ३५ दिनभित्र घटना दर्ता गराउनेलाई रकम

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
फाकफोकथुममा ३५ दिनभित्र घटना दर्ता गराउनेलाई रकम

फाकफोकथुम : इलामको पश्चिमी स्थानीय तह फाकफोकथुम गाउँपालिकाले ३५ दिन भित्रमा घटना दर्ता गराउनेलाई रकम प्रदान गर्ने भएको छ । पालिकाले कार्यविधि बनाएर रकम दिने भएको हो ।

बच्चा जन्मिएको ३५ दिन भित्र वडा कार्यालयमा जन्मदर्ता गर्नेलाई ३ हजार रुपैया र मृत्यु दर्ता गराउनेलाई ५ हजार प्रदान गरिने भएको हो । पालिकाको वडा नं ४ फुएतप्पामा गत साउन यता ३७ जनाले ३५ दिनभित्र जन्मदर्ता गराएको वडा सचिव सन्तोष खनालले जानकारी दिए ।

खनालका अनुसार १७ बालक र १५ बालिकाको जन्मदर्ता निधारित समयमा गरिएको हो । त्यसैगरी ३५ दिन भित्र मृत्यदर्ता गराउनेलाई समेत राहत रकम दिइने छ । समयमा मृत्युदर्ता गराउनेलाई ५ हजार रुपैया खर्च दिइने भएको हो ।

सो अनुसार वडामा गत साउन यता १८ जनाले समयमा मृत्यु दर्ता गराएका छन् । जसमा ११ महिला र ७ पुरुष रहेका छन् । वडा कार्यालयमा गत साउन यता १७ पुरुष र १२ महिलाको मृत्युदर्ता भएपनि समयमा गराउने १८ जनालाई मात्र राहत रकम दिइने भएको छ ।

पालिकाले गत बैशाख ११ गते कार्यपालिकाबाट कार्यविधि पारित गरेको छ । कार्यविधि राजपत्रमा प्रकाशित गर्न केही समय लाग्ने भएकाले जन्मदर्ता र मृत्युदर्ता गराउनेलाई असार मसान्त भित्रमा रकम प्रदान गरिसकिने वडाध्यक्ष पदम दलार्मी मगरले जानकारी दिए ।

त्यसैगरी सामाजिक सुरक्षा लाभग्राहीको मृत्यु भएमा वडाले समवेदना पत्र समेत दिने गरिएको मगरले जनाए ।

TOP