फिक्कल: करुणा फाउण्डेशन नेदरल्याण्ड र करुणा फाउण्डेशन नेपालको टोलीले इलामको सूर्योदय नगरपालिकामा रहेका अपाङ्गता भएका ब्यक्तिको स्थलगत निरीक्षण गरेको छ । बिहीबार करुणा फाउण्डेशन नेदरल्याण्डबाट आउनु भएका रेनी सहितको टोली र करुणा फाउण्डेशन नेपालका कार्यकारी निर्देशक दिपक सापकोटा सहितको टोलीले सूर्योदय नगरपालिकामा अपाङ्गता भएका ब्यक्तिको घरमै गएर स्थलगत निरीक्षण गरेको हो ।
बिगतमा करुणा फाउण्ेशनको सहयोगमा अपाङ्गता भएका ब्यक्तिलाई हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम मार्फत बिभिन्न क्षेत्रमा सहयोग गरिएको थियो । उनीहरुको अवस्था बुझनका लागि घरमै गएर स्थलगत निरीक्षण गरिएको करुणा फाउण्डेशन नेपालका कार्यकारी निर्देशक दिपक सापकोटाले जानकारी दिनु भयो ।
सूर्योदय नगरपालिकामा संस्थाका प्रतिनिधि , स्थानीय जनप्रतिनिध , कर्मचारी , स्वास्थ्यकर्मी, सामाजिक परिचालक , मिलीजुली समुह सहितको सहभागीतामा अपाङ्गता भएका ब्यक्तिको अवस्था र उनीहरुलाई गर्नु पर्ने सहयोगका बिषयमा छलफल भएको थियो ।
सामाजिक परिचालक कमला निरौलाले नगर क्षेत्रमा अपाङ्गता भएका ब्यक्तिको अवस्था, कार्यक्रम संचालन पछि सुधार भएको अवस्था र आगामी दिनमा अपाङ्गता भएका ब्यक्तिका लागि संचालन गर्नु पर्ने कार्यक्रम बारे जानकारी दिनु भएको थियो । कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख तारा शेर्पाले अपाङ्गता रोकथाम संगै पुर्नस्थापनामा ध्यान दिनु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘ अपाङता भएका ब्यक्तिका लागि दिवा केयर सेन्टर, अपाङ्गमैत्री पार्क, सौचालय निर्माण र उपचारमा सहयोग गर्न जरुरी छ ।’
नगर क्षेत्रमा हाल ७७८ जना अपाङ्गता ब्यक्ति र १०३ जना अपाङ्गता भएका बालबालिका रहेका छन । अपाङ्गता भएका यी ब्यक्तिलाई अपाङ्गता कार्ड समेत बितरण गरीसकीएको जानकारी गराईएको थियो ।
नगरका १४ वडामा १४ जना समुदायमा आधारित पुनःस्थापना सहजकर्ताले अपाङ्गता भएका ब्यक्तिको हेरचाहामा काम गरीरहेको नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनु भयो । उहाले कार्यक्रम निरन्तर संचालन गर्न सके अपाङ्गता भएका ब्यक्तिलाई सहज हुँने बताउनु भयो । कार्यक्रममा अपाङ्गता हुनु भएका किर्तन पौडेलले संस्थाले गरेको सहयोगले आफुले पुनःजिवन पाएको बताउनु भयो । खुट्टा नचल्ने पौडेलले संस्थाको सहयोगमा उपचार गरीएपछि आफु ठिक भएको बताउनु भयो । यस पटक एसईईको परीक्षा दिनु भएका पौडेलालई उपचार संगै पढाईमा समेत सहयोग गरिएको थियो ।
पौडेल संगै निगम तामाङ, निरज राई , मोहिसा तामाङ सहितले उपचार पछि नयाँ जिवन पाएको जानकारी दिएको थियो। करुणा फाउण्डेशन नेदरल्याण्डका रेनीले नगरले अपाङ्गता भएका ब्यक्तिको क्षेत्रमा भएको काम उपलब्धी मुलक रहेको भन्दै संस्थाले सधै प्राविधि सहयोग गरीरहने जानकारी दिनु भयो । ‘अपाङ्गता भएका ब्यक्तिको क्षेत्रमा काम गर्नु तपाईहरुलाई पनि चुनौती छ, तर उनीहरु सुःखी भएर हिडेको देख्दा त्यसको शेर्य तपाईहरुले नै पाउने हो’ रेनीले भन्नु भयो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले नगरले अपाङ्ग मैत्री अभियान थालेको बताउदै सबै क्षेत्रलाई अपाङ्ग मैत्री बनाईने जानकारी दिनु भयो । उहाले करुणा फाउण्डेशले समुदायमा आधारित कार्यक्रम थालेपछि शुरु गरीएका कार्यक्रम संस्थाको बर्हिरगमन पछि पनि निरन्तर संचालन गरीरहेको जानकारी दिनु भयो । इलाममा लामो समय अपाङ्गता भएका ब्यक्तिको क्षेत्रमा काम गरेको करुणा फाउण्डेशन केहि समय अघिबाट बर्हिरगमन भएको छ । संस्था बर्हिरगमन भए पनि अपाङ्गताको क्षेत्रमा आवश्यक पर्ने प्राविधिक सहयोग भने निरन्र्तर गरीरहने करुणा फाउण्डेशन नेपालका कार्यकारी निर्देशक दिपक सापकोटाले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘हामीले थालेका कामलाई अव स्थानीय सरकारले नै संचालन गर्नु पर्छ , प्राविधक पक्षमा हामी सहयोग गर्छौ ।’ कार्यक्रममा उप प्रमुख दुर्गा कुमार बरालले अतिथिलाई स्वागत गर्दै कार्यक्रम निरन्तर संचालन गर्नु पर्नेमा जोड दिनु भयो ।
नगरमा गर्भबाटै अपाङ्गता रोक्नका लागि गर्भवती महिलाको तथ्याङ्क संकलन गरी फोलिक एसीड वितरण गरिदै आएको नगरका स्वास्थ्य शाखा प्रमुख डा. धनराज यादवले जानकारी दिनु भयो । नगरमा संस्थाको सहयोगमा मेडी मोवाईल(मोवाईल स्वास्थ्यको प्रयोग)बाट गर्भवती महिलाको तथ्याङ्क संकलन र जन्मदर लगायत विवरण संकलन गर्ने गरीएको छ । कारुणाले प्रदेश १ का ६ जिल्लाका ५८ वटा पालिकामा अहिले अपाङ्गता भएका ब्यक्तिको क्षेत्रमा स्थानीय पालिका र प्रदेश सरकार संगको सहकार्यमा कार्यक्रम संचालन गरीरहेको छ ।