अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

सरकारी कर्मचारीको सरुवा वैज्ञानिक र स्वचालित हुन पर्ने माग

  • प्रकाशित मितिः January 31, 2026
  • हाम्रो पालिका
सरकारी कर्मचारीको सरुवा वैज्ञानिक र स्वचालित हुन पर्ने माग

काठमाण्डौः एकीकृत सरकारी कर्मचारी संगठनका महासचिव प्रकाश राईले अब सरकारी कर्मचारीको सरुवा वैज्ञानिक र स्वचालित हुन पर्ने माग राखेका छन् ।उनले संगठनको अधिवेशनको निर्णय बारे जानकारी दिने उद्देश्यले बुधबार काठमाडौंको नयाँ बानेश्वर स्थित अर्याल होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संगठनका तर्फबाट सो माग राखेका हुन् ।

पहुँचका भरमा र अनेकौ सम्झौतामा मात्र कर्मचारी सरुवा हुने गलत प्रथाको अन्त्य हुनै पर्ने महासचिव राईको भनाई छ । त्यसका लागि संगठनले जस्तो सुकै मूल्य चुकाउन पछि नपर्ने उनले बताए ।महासचिव राईले भने–‘सरुवाका लागि कार्यालयको आधा समय विताउनु पर्ने बाध्यता रहेको बताउँदै सेवाको आधा समय नै त्यसमा लागेपछि कसरी सहि तरिकाबाट सेवा दिन सकिन्छ ।

सरुवालाई वैज्ञानिक बनाउका लागि नीतिहरुमा संशोधन लगायतका काम गर्नका लागि विज्ञहरुको समुह निर्माण गर्नुपर्ने र त्यो समुहले दिएको सुझावका आधारमा सबै कर्मचारीलाई हित हुनेगरी वैज्ञानिक र स्वचालित सरुवाको व्यवस्था राज्यले गर्नुपर्ने उनले बताए ।एउटा साधारण कर्मचारी बाटोमा गाडी पर्खेर बसिरहँदा त्यही कार्यलयको हाकिम भने पाँच सिट खाली राखेर सरर कारमा हिँड्ने र त्यही कार्यालयमा कार्यरत तल्लो तहको उत्तिकै योगदान दिने कर्मचारी भने घरसम्म पुग्न सार्वजनिक सवारी कुर्न पर्ने अवस्था रहेको उनले बताए । एउटा हाकिम ५ कोठाको क्वाटरमा एक्लै बस्दै गर्दा धेरै कर्मचारी कोठा भाडा तिर्न नसकेर बस्नुपर्ने अवस्था पनि रहेको उनले बताए ।

कर्मचारी तन्त्रमा समेत लोकतन्त्रको बहस हुनुपर्ने आवश्यकता रहेको संगठनले ठहर गरेको राईले बताए । कार्यक्रममा बोल्दै राईले उद्योगका मजदुरहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भइरहँदा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरिरेका करारमा कार्यरत कर्मचारीलाई कोषमा सहभागी नगरिएकाले उनिहरुलाई समेत कोषमा सहभागी गराउनु पर्ने माग राईले राखेका छन् ।

पत्रकार सम्मेलनमा महासचिव राईले संघीय निजामति ऐन अबिलम्ब ल्याउन माग समेत गरे । फागुन २६ र २७ गते भक्तपुरमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले प्रशासनिक संघीयता कार्यान्वयनको अनिवार्य औजार संघीय निजामती सेवा ऐन अविलम्व जारी गर्न उनले माग गरेका हुन् । त्यसका लागि संगठनले दवाव दिने निर्णय गरेको संगठनका महासचिव राईले बताए । राष्ट्रिय अधिवेशनबाट गगनसिंह विष्टको अध्यक्षतामा १३९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचन गरिएको छ ।

TOP