प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलाममा राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा , पहिलो पटक जिल्ला बाहिर आयोजना गरिदै

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
इलाममा राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा , पहिलो पटक जिल्ला बाहिर आयोजना गरिदै

गोबिन्द पौडेल:


जिल्ला स्तरिय खेलाडी छनौटको प्लेटफाम रहने १३औ राष्ट्रपति रनिङ शिल्डको सबै तयारी पुरा भएको छ । संघीय शासन पद्दतिको मर्म अनुसार पहिलोखपटक इलामको फाकफोकथुम ३को सिहदेबि माध्यमिक बिद्यालयमा आगामी २३ देखि २५ गते सम्म हुने छ ।
पालिका स्तरीय खेलमा उत्कृष्ट हुने खेलाडीले आगामी चैत्रमा हुने प्रदेश स्तरीय खेलमा भाग लिन जिल्ला स्तरको खेलाडी बन्ने र प्रदेशमा छनौट भएका खेलाडीलाई राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा भाग लिन पाउने भएका कारण बिद्यालय नियमित पठन पाठनको केन्द्र मात्रै नभएर वालबालिकासग भएको खेल प्रतिभाको प्रवर्धन र बिकास समेत हुने भएको छ ।
कक्षा १२ सम्म अध्ययनरत १२ देखि १८ बर्षसम्मका पालिका स्तरवाट छनौट भई आएका बिभिन्न ६ वटा खेल र मार्सल आट समेतमा करिव ८ सय ५० खेलाडी प्रशिक्षक सहित करिव १ हजार १ सय जनाको सहभागिता रहने प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खगेन्द्र वास्तोलाले बताए ।
पहिलो पटक जिल्ला बाहिर खेल आयोजना गरिएका कारण ब्यवस्थापनमा चुनौति रहेपनि ब्यवस्थापक फाकफोकथुम गाउँपालिका र सम्बन्धित वडाको सहयोग र समायोजनले प्रतियोगिता सचालन गर्न सहज रहेको छ ।
जिल्ला खेलकुद बिकास समिति कार्यालय प्रमुख नारायण भट्टराईले फाकफोकथुम गाउँपालिकाले आट गरेकाले उक्त आयोजना गाउँमा गएर संचालन गर्न सफल भएको बताए । उनले निक्क्ै अगाडी देखि गाउँमा लगेर कार्यक्रम गर्ने योजना भए पनि अहिले सफल भएको बताए ।
सहभागिलाई खानको लागि प्रतिदिन ५ सय बराबरको प्याकेज बनाईएको छ भने वासको लागि वरपरका १ सय ५० घरमा होमस्टेको रुपमा तयार गरिएको छ । अपुग रहेमा आसपासका गाउँमा पालिका स्तरको सेल्टरवासको ब्यवस्था गरिएको अध्यक्ष वास्तोलाले बताए ।प्रतियोगिता सचालनको लागि करिव १७ लाख खर्च हुने अनुमान गरिएको छ ।
सबै पालिकाहरुवाट सहयोग जुट्ने वास्तोलाको भनाई रहेको छ ।सहभागीको स्वास्थ सेवाको लागि जिल्ला स्वास्थ कार्यालय र स्थानिय स्वास्थ्य चौकीको समन्वयमा स्वास्थ्य सेवाको समेत ब्यवस्था गरिएको छ ।खेलमा बिजेता पालिका स्तरको खेलाडीले पदक र प्रमाण पत्र पाउदै प्रदेश स्तरका खेलको लागि जिल्ला स्तरीय खेलाडी बन्ने छन् । बिजेता पालिकाले शिल्ड पाउने छन् ।

TOP