प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

सशस्त्र प्रहरीको अगुवाईमा इलाम र पशुपतिनगरमा सरसफाई

  • प्रकाशित मितिः October 14, 2026
  • हाम्रो पालिका
सशस्त्र प्रहरीको अगुवाईमा इलाम र पशुपतिनगरमा सरसफाई

फिक्कल: २२ औं सशस्त्र प्रहरी दिव २०७९ को अवसरमा इलाम बजारका बिभिन्न स्थानमा आज सरसफाई गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नंम्बर १ गण हेडक्वाटर श्री अन्तु गुल्म इलामको अगुवाईमा बिभिन्न कार्यालयका प्रमुख तथा संस्थाका प्रतिनिधिको उपस्थितिमा लभडाँडा पार्क सहित चिया बगान क्षेत्रमा सरसफाई गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नंम्बर १ गण हेडक्वाटर श्री अन्तु गुल्म इलामका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटा, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, सुरक्षा निकायका प्रमुख , इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा , ७ नम्बर वडाका वडाध्यक्ष नरेश श्रेष्ठ संघ संस्थाका प्रतिनिधि र स्थानीयको उपस्थितिमा सरसफाई गरिएको छ ।
यसै बिच दिवसकै अवसरमा सशस्त्र प्रहरी बल बिओपी पशुपतिनगर र इलाका प्रहरी कार्यालयको अगुवाईमा पशुपतिनगर बजारको सीमा क्षेत्रमा सरसफाई गरिएको सशस्त्र प्रहरी बल (बीओपी) पशुपतिनगरका प्रहरी निरीक्षक दिनेश आचार्यले जानकारी दिनु भयो । उहाका अनुसार प्रहरी सहित भारतीय सीमा सुरक्षाबल (एसएसबी), टयाक्सी ब्यवसायी लगायतका सक्रियतामा पशुपतिनगर बजारको नेपाल भारत सीमा क्षेत्रमा सरसफाई गरिएको छ । बिशेषत सीमा सुरक्षामा खटीएको सशस्त्र प्रहरीले बिपदको समयमा उद्धारका काम समेत गर्दै आएको छ ।

TOP